• २०८१ बैशाख १५ शनिबार

इपिएलको पहिलो खेलमा करन केसीले विराटनगरलाई जिताए 

kharibot

काठमाडौँ।  इपिएलको पहिलो खेलमा विराटनगर वारियर्सले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गरेको छ। ललितपुरले दिएको १०५ रनको लक्ष्य पछाएको विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। 
 
विराटनगरको लागि करन केसीले सर्वाधिक अविजित ३६ रन बनाएका थिए भने मोहमद आरिफ सेखले १९ रन बनाए। करन केसीले १९ बलमा ३६ रनको उत्कृष्ट खेल खेलेका थिए। विराटनगरका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए। कप्तान पारस खड्का ८ रन बनाएर आउट भएका थिए भने पउल भान मीकेरेनले अविजित  रन बनाएका थिए।  

ललितपुरका स्पिनरले उत्कृष्ट बलिङ्ग गरेपनि खेलको अन्त्यमा करन केसीलाई रोक्न नसक्दा खेल हार्न पुगेका थिए । ललितपुरका लागि गौरव तोमारले ३ विकेट लिएका थिए । गौरवले ४ ओभरमा १० रन दिएर ३ विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछानेले ४ ओभरमा ११ रन दिएर २ विकेट लिएका थिए। त्यस्तै ललित राजबंशीले एक विकेट लिएका थिए।     

यसअघि किर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा ललितपुरले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो।  
 
ललितपुरका लागि कप्तान ज्ञान्नेद्र मल्लले सर्वाधिक ४९ रन बनाएर आउट भएका थिए। ज्ञान्नेद्र ५२ बलमा ४९ रन बनाएर आउट भएका थिए। त्यस्तै भारतीय खेलाडी सन्नी पटेलले २० रन बनाएका थिए। त्यस्तै पवन सराफले १४ रन बनाए भने जयकिसन कोसलावाला, सन्दीप जोरा र गौरव तोमार ४-४ रन बनाएर आउट भएका थिए।

त्यस्तै ललितपुरका कुशल भुर्तेल र योगेन्द्रसिंह कार्की शुन्य रनमा आउट भएका थिए । रसिद खानले अविजित ५ रन बनाएका थिए भने सन्दीप लामिछाने रन नबनाई रन आउट भएका थिए। 

विराटनगर वारियर्सका बलर रे भान डेर मार्वे र करन केसीले २-२ विकेट लिए भने कप्तान पारस खड्का, बसन्त रेग्मी र समित पटेलले एक एक विकेट लिएका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय