• २०८१ बैशाख १५ शनिबार

राष्ट्रपति भण्डारीसँग चीनकी राजदूत होंगको बिदाई भेट

kharibot

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चीनियाँ राजदुत यू होंगले बिदाई भेट गरेकी छन्। 

भेटका अवसरमा राष्ट्रपति भण्डारी र राजदुत होंगबीच जनवादी गणतन्त्र चीन  र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 

उक्त भेटका अवसरमा  नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु तथा जनवादी गणतन्त्र चीनको काठमाडौस्थित राजदूतावासका अधिकारीहरुको समेत  उपस्थिति थियो ।

२०१६ देखि नेपालका लागि चिनियाँ राजदुतको रुपमा कार्यरत राजदुत होंग आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्किदै छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय