• २०८१ बैशाख १५ शनिबार

उत्तराखण्डमा केदारनाथ प्रतिबन्ध भएपछि सारा दुखी 

kharibot

मुम्बई। आफ्नो डेभ्यु फिल्म केदारनाथ उत्तराखण्डमा प्रतिबन्ध भएपछि अभिनेत्री सारा अली खानले दुख व्यक्त गरेकी छन्। गत शुक्रबार रिलिज भएको फिल्म केदारनाथ हिन्दु युवती र मुस्लिम युवाको प्रेम कहानी रहेकोले फिल्मले हिन्दुको भावनामा ठेस पुर्याएको र लव जेहादलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ। 

साराले फिल्म प्रतिबन्ध भएपछि आफ्नो मनशाय यो कथा मानिसहरुसँग पठाउनु हो भन्दै उत्तराखण्डमा फिल्मको सुटिंग गरिएको छ र हामि ४० दिन उत्तराखण्डमा बसेको बताएकी छन् । उनले उत्तराखण्डमा फिल्म प्रतिबन्ध भएकोमा दुख व्यक्त गरेकी छन्। फिल्म विभाजनको विषयमा नरहेर मानिसहरुलाई जोड्ने भएको बताउदै साराले धर्म र जाति पहिचानको विषय हुनुपर्नेमा यसले विभाजन गर्न नहुने बताएकी छन्। 

अभिषेक कपुरले निर्देशन गरेको केदारनाथले भारतीय बक्स अफिसमा राम्रो सुरुवात गरेको छ। पहिलो दिन ७ करोड २५ लाख र दोस्रो दिन ९ करोड ७५ लाख र आइतबार १०.७५  गरि तीन दिनमा २७ करोड ७५ लाखको व्यापार गरेको छ। करिब ३५ करोडको लगानीमा बनेको यस फिल्मले खराब समिक्षाका बीच पनि राम्रो कलेक्सन गरेको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय