• २०८१ बैशाख १५ शनिबार

इपिएल : काठमाडौँ ६ विकेटले विजयी, चितवनको लगातार दोस्रो हार 

kharibot

सुब्रमन्नीयन आनन्द र सागर पुन

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्सले चितवन टाइगर्सलाई पराजित गरेको छ। चितवनले दिएको १६१ रनको लक्ष्य पछाएको काठमाडौँले १८.५ ओभरमा ४ विकेट गुमाएर ६ विकेटको जित हासिल गरेको छ। 

काठमाडौँका लागि भारतीय खेलाडी सुब्रमन्नीयन आनन्दले अविजित ४३ रन बनाएका थिए भने सागर पुनले ३९ रन बनाएका थिए भने । त्यस्तै नरेश बुढाएयरले २२ तथा अमित श्रेष्ठले १८ रनको योगदान दिएका थिए। आयरल्याण्डका खेलाडी केभिन ओ ब्रायन ९ रनमा आउट भए भने अमरसिंह रौतेलाले अविजित २१ रन बनाए। 

चितवनका लागि शाहब आलमले २ विकेट लिए भने ललितसिंह भण्डारी र पउल स्टिरलिङ्गले एक एक विकेट लिएका थिए। 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले १९.५ ओभरमा अल आउट हुदै १६० रन बनाएको थियो । 

काठमाडौँका बलरले खेलमा उत्कृष्ट कमब्याक गर्दै चितवनलाई १६० रनमा रोकेका हुन्। चितवनले आफ्ना अन्तिम ४ विकेट केवल ८ रनमा गुमाएको थियो। 

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४५ रन बनाएका थिए। दिपेन्द्रले ४० बलमा ५ चौका हान्दै ४५ रन बनाएका थिए। चितवनका लागि पउल स्टिरलिङ्गले १३ बलमा ३४ रन बनाएका थिए। त्यस्तै सोनु सुनवारले २५, जर्ज स्कटले १५, कप्तान पृथु बास्कोटाले अविजित २० रन बनाएका थिए। 

काठमाडौँ किंग्सका लागि संसद सेखले ३ विकेट लिएका थिए। संसदले २.५ ओभरमा १८ रन दिएर ३ विकेट लिएका थिए। साथै संसदले एक विकेट रङ आउट समेत गरेका थिए। त्यस्तै काठमाडौँका प्रदीप साहुले ३ महत्वपूर्ण विकेट लिएका थिए।  साहुले चितवनका स्टिरलिङ्ग, जोन सिम्सन र दिपेन्द्रको विकेट लिएका थिए। त्यस्तै केभिन ओब्रायन, अमर सिंह रौतेला र सागर पुन एक एक विकेट लिएका थिए। 

काठमाडौँ किंग्सले इपिएलमा आफ्नो पहिलो खेलमा पहिलो जित हासिल गरेको छ भने चितवनले लगातार दोस्रो खेलमा पराजय बेहोरेको छ।

इपिएल अन्तर्गत आजै ललितपुर प्याट्रीयटर्स र पोखरा राइनोजबीच खेल हुदै छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै