• २०८१ बैशाख १५ शनिबार

इपिएल : तोमार र कोलसावालाले ललितपुरलाई जिताए, लेभीको अर्धशतक आज पनि खेर गयो

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको दोस्रो खेलमा ललितपुर प्याट्रीयटर्सले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ। पोखराले दिएको १६७ रन पछाएको ललितपुरले १५.५ ओभरमा केवल २ विकेट गुमाएर सो लक्ष्य पुरा गरेको थियो। 

ललितपुरका लागि भारतीय खेलाडी गौरव तोमार र जयकिसन कोलसावालाले अर्धशतकीय पारी खेलेका थिए। दुवैले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए। तोमारले विष्फोटक ब्याटिंग गर्दै ४१ बलमा ८ छक्का र ४ चौकाको मद्धतले ८२ रन बनाएका थिए। त्यस्तै कोलसावालाले ३८ बलमा ३ छक्का र ४ चौकाको मद्धतले ५१ रन बनाएका थिए। ललितपुरका लागि सोनु तामाङले अविजित ११ तथा सन्नी पटेलले अविजित २० रन बनाएका थिए। 

पोखराका लागि पउल कोघलिन र सुशान भारीले एक एक विकेट लिएका थिए। 
   
यसअघि पोखराले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो। पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक ८४ रन बनाए। ३९ बलमा ८४ रन बनाएका लेभीले ९ छक्का र ३ चौका हानेका थिए। लेभीले पहिलो खेलमा लेभीले भैरहवाविरुद्ध पनि ७९ रन बनाएका थिए। 

पोखराका लागि विनोद भण्डारीले अविजित ३४ रन बनाएका थिए। बिनोदले २३ बलमा एक छक्का र ३ चौका हान्दै ३४ रन बनाएका थिए। त्यस्तै किल कोत्जरले १९ तथा पाउल कोघलिनले १४ रन बनाएका थिए। 

ललितपुरका लागि पवन सराफले ३ विकेट लिएका थिए। पवनले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिएका थिए। 

प्रतियोगितामा ललितपुरले अहिलेसम्म ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने पोखराले २ खेलमा दुवै खेलमा हार बेहोरेको छ।

प्रतियोगिता अन्तर्गत मंगलबार बिहान विराटनगर वारियर्स र पोखरा राइनोजबीच हुने छ भने दोस्रो खेल भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच हुने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय