• २०८१ बैशाख २९ शनिबार

प्रदुषणविरुद्ध स्थानीय : शालिमारको खोलियो, युनिटेकमा पून: तालाबन्दी

kharibot

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ र ३ का स्थानीयहरुले आईतवार शालिमार सिमेन्ट उद्योगमा लगाएको ताला खोलेका छन् , भने निरन्तर प्रदुषण फैलाई रहने युनिटेक उद्योगमा तालाबन्दी यथावत राखेका छन् । 

विगत लामो समय देखि युनिटेक उद्योगका कारण हुँदै आएको प्रदुषण नियन्त्रण गर्न स्थानीयले पटक–पटक आग्रह गर्दा समेत उद्योग प्रशासनले अटेर गरे पछि समस्या समाधान नहुँदा सम्म सो उद्योगमा आउँदो सोमवार सम्मका लागि स्थानीयहरुले तालाबन्दि गरेका हुन ।

लामो समयदेखि यस उद्योगको सिकार बन्दै आएका यहाँका नगरीकहरुले आफ्नों बाँच्ने अधिकारलाई सुनिश्चित गर्न पाउँनु पर्ने कुराका लागि आँफुहरुले यो आन्दोलन आगाडी बढाएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.६ का अध्यक्ष क्यामुदिन अंसारीले बताए । 

उनले यस भन्दा पहिले पनि आफ्नों मागको बारेमा भन्न आउदा प्रहरी प्रशासन लगाएर लखेट्न लगाएको बताउँदै अब कुनै पनि शक्तिले आफुलाई पछाडी नपार्ने बताउछन् ।
स्थानीय निर्वाचन भएको एक वर्ष पुरा भएको र आफुहरु निर्वाचित भएकै समयबाट यस उद्योगबाट निस्कदै आएको प्रदुषण नियन्त्रण गर्न पटक–पटक पहल गर्दा समेत यस उद्योगले कुनै किसिमको चासो नलिए पछि आफुहरु बाध्य भएर उद्योगमा ताला बन्दि गर्नु परेको वडा अध्यक्ष अंसारीले जानकारी दिए । 

उनले क्लींकर उत्पादन गर्ने युनिटेक उद्योगको उद्योग सञ्चालनमा आए कै समय देखि यस भेगका जनताहरु पिडित रहेको बताए । 

उनले उद्योगबाट निश्कने धुवाका कारण यहाका स्थानीयहरु रोगी बन्दै गएको , बालबालिकालाई आँखा र स्वासप्रस्वास सम्बन्धि समस्या हुँने गर्नुका साथै खेती योग्य जग्गा समेत बाझो बन्दै गएको प्रती आफुहरु चिन्तीत बनेको बताए । 

युनिटेक र शालिमार सिमेन्टले फाल्दै आएको धुवाका कारण यस भेगका हजारौं जनता पिडित भएका छन् । भने यस भेगका सयौं विग्हा खेती योग्य जमिन समेत बाझो बनेको स्थानीयहरुले गुनाँसो गरेको छन् ।

यता युनिटेक उद्योगका प्रशासकिय अधिकृत बिजय कुमार कर्णले आँफूहरुको उद्योगले कुँनै प्रकारको पनि प्रदुषण नगरेको बताएका छन् । यस उद्योगले पहिला–पहिला प्रदुषण फैलाईरहेको सुईकार्य गर्दै प्रशासकिय अधिकृत कर्णले अहिले आँफूहरुले प्रदुषण नियन्त्रणका गर्न लागि परेको बताए ।

प्रदुषण नियन्त्रणका लागि पहिलो पटक सो उद्योगमा चाईनिज प्लान्ट लगाउन साथ प्रदुषण नियन्त्रण गरिएको ठोकुवा गर्छन् ।

यता प्रशासकिय अधिकृत कर्णले प्रदुषण नियन्त्रण गरिएको दाबी गरि रहदा सो उद्योग आस–पास हेर्दा दैनिक जसो घरआगनमा दुलो जम्मा हुने गरेको, वायू प्रदुषण हुने गरेको , स्थास्थ्य तथा खेती किसानीहरुमा समेत प्रत्यक्ष असर पुरयाउने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

आउदो सोमवार सम्मका लागि प्रदुषण न्यूनिकरणका लागि अल्टिमेटक लिईएको बताउदै वडा अध्यक्ष अंसारीले युनिटेक तथा शालिमार सिमेन्टका सञ्चालक अशोक बैद्य काम विषेशले भारत गएको हुँदा उनी फर्किए पछि वार्ता गर्ने सहमतीमा शालिमार सिमेन्ट उद्योगमा लागाईएको तालालाई खोलेर युनिटेकको मूल गेटमा पुन: ताला बन्दी गरिएको बताए ।

उद्योग सञ्चालक बैद्य वार्तामा नआए सम्म युनिटेक उद्योगलाई पूर्ण रुपा बन्द राख्ने सहमती भएको उनले जानकारी दिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय