• २०८१ बैशाख १४ शुक्रबार

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

kharibot

नयाँदिल्ली। भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएको बताइएको छ । 

राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताएका छन् । 

सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उनले राजीनामा दिएको बताइएको छ। केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हुँदै आएका थिए । भारतमा अहिले केन्द्रिय बैंकको स्वतन्त्रता सम्बन्धि विवाद बढिरहेको छ। भारतीय कान् अनुसार सरकारले दिएका केहि आदेशलाई केन्द्रिय बैंकले पालन गर्नै पर्ने हुन्छ। 

भारतमा कतिपय विज्ञहरूले उनलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उनको राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ । 

तर सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किदै गएको छ । 

तत्कालिन गभर्नर रघुराम राजनले सरकारसँगको असमझदारी पछि राजीनामा गरेपछि २०१६ को सेप्टेम्बरमा पटेल गभर्नर बनेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै