• २०८१ बैशाख १५ शनिबार

विवाह पञ्चमी महोत्सव : आज मटकोर विधि हुदै 

kharibot

धनुषा। जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदै छ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । 

महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ । 

भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सिताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा रहेका छन् । 

सोमबार सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार ) लिएर राम मन्दिरमा लगिएको थियो । जसलाई तिल्कोत्सव भन्ने चलन छ । तिलकोत्सव भनेको विहेका लागि गरिने टीका टालो अर्थात इंगेजमेन्ट हो । तिल्कोत्सवमा जनकपुर आइपुगेका सम्पुर्ण श्रद्धालु र नगरबासीहरुको सहभागीता रहेको थियो । विगत भन्दा यो वर्ष विशेष कार्यक्रम गरेर विवाह महोत्सव मनाइदै छ । 

सोमबार तिलकोत्सव सम्पन्न

जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज चौथो सोमबार तिलकोत्सव सम्पन्न भएको छ । विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ तिलकोत्सव सम्पन्न भएको हो । 

पाँचौँ दिन मटकोर र छैटौँ दिन राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । भगवान् रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकका रुपमा छलफलबाट विवाह तय गरिन्छ । तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिने गरिन्छ । यसैलाई तिल्कोत्सव भन्ने चलन छ । 

तिलकोत्सव भनेको बिहेका लागि गरिने टीकाटालो अर्थात् ‘इङगेजमेन्ट’ हो । तिलकोत्सवमा जनकपुर आइपुगेका सम्पूर्ण श्रद्धालु र नगरवासीको सहभागिता रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै