• २०८१ बैशाख १५ शनिबार

गुगल पनि असुरक्षित ! ५२ करोड एकाउन्टका गोप्य कुरा सार्वजनिक 

kharibot

काठमाडौं । गुगल प्लसबाट करिब ५२ करोड एकाउन्टको गोप्य कुरा चुहावट भएको छ । बेलायती अनलाइन द सनका अनुसार डाटा लिकबाट नाम, इमेल, उमेर र पेसाबारे ५२ करोड मानिसको सूचना चुहावट भएको हो । 

गुगल सफ्टवेयरमा दुई महिनायता दोस्रोपटक बग फेला परेपछि गुगलले प्रस्तावित चार महिनाअगाडि नै सामाजिक सञ्जालसम्मको एकाउन्टको पहुँच बन्द गरेको छ । अक्टोबरमा पनि सफ्टवेयर बग फेला परेपछि ५ लाख एकाउन्टको डाटा लिक भएको थियो ।

सोही कारण कम्पनीले २०१९  अगष्टको कन्ज्युमर भर्सन बन्द गर्ने बताएको थियो । तर अब अप्रिलबाटै उक्त भर्सन बन्द गर्नेछ । एउटा ब्लग पोस्टा गुगलले पछिल्लो बगका कारण ५२ करोड ५० लाख मानिसको डाटा लिक भएको जनाएको छ ।

गत नोभेम्बर ७ देखि १३ तारिखसम्मको अवधिमा उक्त लिक भएको हो । 

थर्ड पार्टी विकास गर्नेहरुलाई एउटा बगले उक्त मानिसहरुको सूचनासम्म पहुँच दिएको हो । यसमा प्राइभेट प्रोफाइलहरु पनि परेको कम्पनीको भनाइ छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय