• २०८१ बैशाख १४ शुक्रबार

सेयरबजार शून्य दशमलव शून्य ८ अंकले थामियो 

kharibot

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । आज बुधबार नेप्से शुन्य दशमलव शून्य आठ अंकले बढेर ११ सय ४१ दशमलव १८ विन्दुमा चढ्दा सेन्सिटिभ दुई सय ४३ दशमलव छ विन्दुमा स्थिर रहेको छ ।

एक सय ५६ वटा कम्पनीहरुको दुई हजार आठ सय १७ वटा कारोबारमा आठ लाख ६५ हजार सात सय १९ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोबार रकम २६ करोड ८८ लाख १० हजार आठ सय २४ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समुहको कारोबार हुंदा पाँच वटा समुहले गुमाएपनि पाँच वटै समुहले कमाएकछन । गुमाउने समुहमा परेको वाणिज्य बैक समुहको सुचक एक दशमलव ३३ अंकले घटेर एक हजार ११ दशमलव २४ विन्दुमा झर्दा १३ करोड २२ लाख ९९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैक समुहको सुचक पनि दुई दशमलव ५७ अंंकले घटेर १४ सय ३३ दशमलव २२ विन्दुमा झर्दा दुई करोड १८ लाख ४६ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी निर्जिवन बीमा, होटल र लघुबित्त समुहले पनि आज गुमाएका छन् ।

कमाउने समुहमा परेको जलबिद्युत समुहको सुचक भने ३५ दशमलव ७७ अंकले बढेर ११ सय ९० दशमलव ७४ विन्दुमा चढेकोमा एक करोड ५० लाख नौ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक जीवन बीमा, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको कारोबार सुचकमा पनि सुधार आएको छ ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सोल्टी होटलको सेयर मुल्य आठ रुपैयँ ४६ पैसाले बढेर दुई सय छ रुपैयाँमा कारोबार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सिटिजन्स बैंक इन्टरनेशनलको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ एक पैसाले घटेर दुई सय १५ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रसथानमा परेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता दुई सय ५० रुपैयाँ अन्तिम मुल्यमा चार करोड ८७ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै