• २०८१ बैशाख १४ शुक्रबार

इपिएलमा नेपाली ब्याट्सम्यान अमित श्रेष्ठले बनाए पहिलो अर्धशतक

kharibot

काठमाडौँ। जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौँ किंग्सका अमित श्रेष्ठले अर्धशतक बनाएका छन्। २५ बर्षिय अमितले भैरहवा ग्लाडियटर्सविरुद्ध ४६ बलमा ५१ रन बनाएर आउट भएका छन्।

अमित यस इपिएलमा नेपाली खेलाद हरु मध्य अर्धशतक बनाउने पहिलो खेलाडी हुन्। यस इपिएलमा भैरहवाबाट खेल्ने भारतीय खेलाडी रवि इन्दर सिंहले एक शतक समेत प्रहर गरेका छन्। सिंहले १२५ रन बनाएका छन्।

त्यस्तै  विराटनगर वारियर्सबाट खेल्ने हङकङका खेलाडी बबर ह्यातले ९० रन बनाएका छन् भने पोखरा राइनोजबाट खेल्ने दक्षिण अफ्रिकी खेलाडी रिचार्ड लेभीले ८४ रन बनाएका छन्। त्यस्तै ललितपुर प्याट्रीयटसबाट खेल्ने भारतीय खेलाडी गौरव तोमारले सर्वाधिक ८२ रन बनाएका छन्। त्यस्तै इङल्याण्डका जोन सिम्सनले सर्वाधिक ७९ रन बनाएका छन्।

त्यस्तै ललितपुरबाट खेल्ने भारतीय खेलाडी जयकिसन कोलसावालाले ५१ र काठमाडौँ किंग्सबाट खेल्ने आयरल्याण्डका केभिन ओ ब्रायनले ५४ रनको इनिंग खेलेका छन्।

यसरि जारि इपिएलमा अहिलेसम्म एक शतक र १० अर्धशतक बनेका छन्।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै