• २०८१ बैशाख १४ शुक्रबार

महासमितिले काँग्रेसलाई एक बनाउने छ - देउवा, आफ्नो नोक्सान गरेर पार्टीलाई बचाएको छु -पौडेल 

kharibot

काठमाडौँ। नेपाली काँग्रेसको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले महासमितिको बैठकले पार्टीमा नयाँ उर्जा थप्ने बताएका छन्। सभापति देउवाले यस महासमिति बैठकले पार्टीलाई एकताबद्ध बनाउदै कार्यकर्तामा नयाँ उर्जा थप्ने आफुले विश्वास लिएको बताएका हुन्। 

सभालाई सम्बोधन गर्दै काँग्रेस संसदीय निर्वाचनमा एक पटक जित्ने र एक पटक हार्ने गरेको बताएका छन्। पार्टीलाई एक बनाएर आउदो निर्वाचनमा बहुमत ल्याउने विश्वास व्यक्त गरे। 
सरकारको आलोचना गर्दै देउवाले निर्मलाको पोस्टर सरकारले नै च्यातेर निर्मलाका हत्यारालाई जोगाएर न्यायलाई दबाउन सरकार नै लागेको बताए। बुढी गण्डकी आयोजना आफैले बनाउने निर्णय यो सरकारले उल्टाएको भन्दै सरकार असफल हुदै गएको बताए।

उनले सरकार आइएनजियोको कार्यक्रमको आयोजक बनेको, डा.गोविन्द केसीसँगको सम्झौता कार्यान्वयन नगरेको, संघियतालाई असफल बनाउन सरकार नै लागेको बताउदै महासमिति पछि काँग्रेस सरकारको विरोधमा कडा रुपमा विरोधमा उत्रिन तयार भएर बस्न कार्यकर्ता आव्हान गरेका छन्।  

सभापति देउवाले ओली विरुद्ध माधव नेपालले खुलेर विरोध गरेको भन्दै पार्टीमा मेरो विरोध गर्नुस भन्दै कार्यकर्तहरुलाई माधव नेपालको जत्तिको विरोध गर्नुहोस् म राम्रो भएन भन्नुहुन्छ के ओली ठिक छन् त भन्दै प्रश्न गरेका थिए।     

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु पार्टी एकताको लागि आफु बाधक नहुने बताएका छन्। समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले जहिले पनि आफु मध्यमार्गीको भूमिकामा रहेको बताउदै पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्ने बताएका छन् । नेता पौडेलले किसुनजी र गणेशमानबीच विवाद हुदा पनि आफुले मध्यमार्गी भूमिका खेलेको बताउदै आफुले आफ्नो व्यक्तिगत नोक्सानी सहेर पार्टीको लागि योगदान गरेको बताए। 

महासमिति सदस्यहरुलाई प्रश्न गगर्दै भने, ‘फर्केर जिल्लामा जाँदा एक भएर जानुहुन्छ कि हुँदैन ? फेरि जिल्लामा गएर छिड्के दाउ खेल्नु हुन्छ कि हुँदैन ?’

‘अगुल्टोले हानेको कुकुर बिजुली देखी तर्सिन्छ’ भनेजस्तो विगतमा पनि एकता भएको सन्देश दिएर पार्टी ठूलो दुर्घटनामा परेको उल्लेख गर्दे उनले भने ‘यथार्थवादी बनेर विषय, कार्यशैली र पार्टी भित्रको कमजोरी हटाउन एकता गरौँ ।’

सरकारको क्रियाकलापको आलोचना गर्दै नेता पौडेलले मार्क्सवादको खोल ओढेर प्रधानमन्त्री केपी ओलीले होलि वाइन खाएको आरोप लगाए।  नेता पौडेलले सरकारका यस्ता कुकृत्यको भण्डाफोर काँग्रेसले गर्नु पर्ने बताए। उनले सरकारले सुनकाण्ड, चीनी काण्ड, निर्मलाको हत्या प्रकरणमा पूर्णरुपमा असफल भएको बताए। 

उद्घाटन समारोहपछि आजै बन्दसत्र सुरु हुने बताइएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै