काठमाडौं । युवा गायक तथा गीतकार लेखु सहयात्रीले लाल्टिन बालेर गीत सार्वजनिक गरेका छन् ।
विभिन्न दर्जन बढी फिल्ममा गीत लेखिसकेका सहयात्रीले पछिल्लोपटक उक्त बोलको गीत भिडियोसहित सार्वजनिक गरेका हुन् ।
अम्बिका गुरुंगको शब्द तथा बबिना कार्की र लेखु सहयात्रीको स्वरमा ल्याइएको गीतको भिडियोमा भने संगीत कोशिस क्षेत्रीको रहेको छ ।
श्यामश्वेत रसाइलीको मिक्सिंग, उदय पौडेलको म्युजिक एरेन्ज तथा सृष्टि खड्का र भिमफेदी गाइजको अभिनय देख्न सकिन्छ ।
भिडियो उत्सव दाहालले खिचेका हुन् भने निशान काश्यपले निर्देशन गरेका हुन् । त्यस्तै विक्रम राई, जोशेफ शाही ठकुरीलगायतको कोरस भ्वाइस समेत रहेको छ ।