• २०८१ बैशाख १४ शुक्रबार

आइपिएल अक्सन : युवराज सिंह मुम्बई इण्डियन्सबाट खेल्ने  

kharibot

काठमाडौँ। आईपीएल २०१९ का लागि भएको अक्सनमा भारतीय बलर जयदेव उनादकटलाई राजस्थान राेयल्सले ८.४ कराेडमा खरिद गरेको छ। यस अक्सनमा जयदेव धेरै रकममा खरिद हुने खेलाडी बनेका छन्। उनलाई गत आइपिएलमा राजस्थानले नै ११ करोड ५० लाखमा किनेको थियो।

त्यस्तै अक्सनमा अनक्याप्ड क्रिकेटर वरुण चक्रवर्तीलाई पनि किंग्स इलेभन पञ्जाबले कीर्तिमानी ८ करोड ४० लाखमा किनेको छ । यसैगरी भारतीय अनक्याप्ड खेलाडी शिवम दुवेलाई टिममा लिन राेयल च्यालेञ्जर्स बेंग्लाेरले ५ कराेड रुपैयाँ खर्च गरेर किनेको छ ।

त्यस्तै चर्चित खेलाडी युवराज सिंहलाई मुम्बई इण्डियन्सले किनेको छ। सुरुको अक्सनमा कुनै टिमले नकिनेका युवराजलाई दोस्रो पटकको अक्सनमा मुम्बईले एक करोडमा किनेको छ। 

आइपिएल अक्सनका महँगोमा बिक्रि भएका प्रमुख खेलाडीहरु : 

राजस्थान रोयल्स : जयदेव उदानकट (भारत)  ८ करोड ४० लाख 
किंग्स इलेभेन पंजाव :वरुण चक्रवर्ती  (भारत) ८ करोड ४० लाख 
किंग्स इलेभेन पंजाव :साम कुरान (इङल्याण्ड ) ७ करोड २० लाख
दिल्ली क्यापिटल : कोलिन इनग्राम ((दक्षिण अफ्रीका ) ६ करोड ४० लाख 
कोलकोता नाइट राइडर्स : कार्लोस ब्रेथवेट (वेस्टइन्डिज) ५ करोड 
दिल्ली क्यापिटल : अक्सर पटेल (भारत) ५ करोड
चेन्नई सुपरकिंग्स : मोहित शर्मा (भारत) ५ करोड 
रोयल च्यालेनजर बैंगलोर : शिभम दुबे (भारत) ५ करोड   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै