• २०८१ बैशाख १४ शुक्रबार

इपिएल दोस्रो क्वालिफायर : काठमाडौँको भैरहवालाई १०१ रनको चुनौती  

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा काठमाडौँ किंग्स इलेभेनले भैरहवा ग्लाडियटर्सलाई १०१ रनको लक्ष्य दिएको छ।  पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा अल आउट हुदै १०० रन बनाएको छ। 

काठमाडौँलाई १०० रनमा रोक्न भैरहवाले उत्कृष्ट बलिङ्ग र फिल्डिंग गरेको थियो। भैरहवाका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिएका थिए। कुशलले ४ ओभरमा २० रन दिएर काठमाडौँका ३ विकेट लिएका थिए। उनले काठमाडौँका अमित श्रेष्ठ, नरेश बुढा र केभिन ओ ब्रायनलाई आउट गरेका थिए। त्यस्तै कप्तान शरद भेस्वाकर र अभिनाश बोहोराले पनि किफायती बलिङ्ग गर्दै एक एक विकेट लिएका थिए। शरदले २ ओभरमा केवल ४ रन दिएर एक विकेट लिए भने अभिनाशले ३ ओभरमा ११ रन दिएर एक विकेट लिएका थिए। त्यस्तै मोहमद नावीदले दुई विकेट लिएका थिए। 

काठमाडौँका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन बनाए भने प्रदीप साहुले २५ रनको योगदान दिए। त्यस्तै अमित श्रेष्ठले १३ रन बनाए। काठमाडौँका अन्य ब्याट्सम्यानले  दोहोरो अंकमा रन बनाउन सकेनन्। काठमाडौँका रोहन मुस्तफाले ६, नरेश बुढाले २, केभिन ओ ब्रायन शुन्य, सोमपाल कामीले ७, सिद्धान्त लोहोनीले ४ र  राजु रिजालले १ रन बनाएका थिए। त्यस्तै जितेन्द्र मुखियाले २ रन बनाएका थिए भने सम्सद सेख शुन्य रनमा आउट भएका थिए । काठमाडौँका तीन खेलाडी रन आउट भएका थिए।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै