• २०८१ बैशाख १४ शुक्रबार

फिफा वरियतामा नेपालको एक स्थान सुधार, बेल्जियम शिर्ष स्थानमा कायमै 

kharibot

काठमाडौँ। फिफा वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६१औँ स्थानमा रहेको छ । गत महिना नेपाल १६२औँ स्थानमा थियो । 

फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत र माल्दिभ्स क्रमशः ९७औ र १५२औँ स्थानमा रहेका छन् । त्यस्तै भूटान १८६, बङ्गलादेश १९२, पाकिस्तान १९९ र श्रीलङ्का २०१औँ स्थानमा रहेको छन् । 

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम शिर्ष स्थानमा कायमै छ भने दोस्रो स्थानमा विश्वका विजेता फ्रान्स रहेको छ। त्यस्तै तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौँ स्थानमा इङल्याण्ड रहेको छ । 

यस्तै पोर्चुगल छैठौ स्थानमा छ भने उरुग्वे सातौ , स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन् । अर्जेन्टिना भने पछिल्लो महिना कै वरियतामा ११औ स्थानमा रहेको छ । 

विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै