• २०८१ बैशाख १४ शुक्रबार

बच्चा जन्मिएपछि यौन सम्पर्क राख्दा यी कुरामा राखौं ध्यान !

kharibot

काठमाडौँ। सामान्यतया सन्तानलाई जन्म दिएपछि महिलाहरु यौन सम्पर्कको लागि त्यति रुचि राख्दैनन् । उनीहरुमा जीवनसाथीप्रति आकर्षण कम भएर अथवा प्रेम घटेर भने यौनप्रति वितृष्णा जागेको होइन । 

औषधि अथवा शारीरिक परिवर्तनका कारण महिलाहरु सुत्केरी भएको केही महिना यौनको लागि तयार नहुन सक्छन् । यस्तोमा साधारण सन्तानको जन्म भएपछि पुरुष साथीले केही कुरामा ध्यान पुर्याउनु आवश्यक छ । 

सामान्यतया दम्पतीले बच्चा जन्मेको करीब एक महिनापछि यौन क्रिया सुरु गर्दछन् भने कुनै जोडीलाई यौनका लागि तीन चार महिना पर्खिनुपर्ने पनि हुन सक्छ । महिलाहरुमा यौनको लागि इच्छा कम हुनुमा उनीहरुको योनिको पीडा प्रमुख कारण हो । सुत्केरी हुने समयमा योनिलाई ठूलो बनाउन केही मात्रामा चिरिन्छ र पछि टाँका लगाइन्छ । त्यो घाउ पूर्णरुपमा ठीक नभएसम्म योनिमा पीडा भइरहन्छ । 

योनि पूर्णरुपमा ठीक भएर पहिलो पटक यौन सम्पर्क राख्दा अधिकांश महिलाले पीडा भएको गुनासो गर्दछन् । यस्तो स्थितिमा पुरुषले उनीहरुलाई दबाब दिनु हुँदैन । उनीहरुको सहजताको ख्याल राख्नु आवश्यक छ । यौन सम्पर्कको लागि दुवै उतिकै तयार हुनु जरुरी छ । 

यदि महिलाले निषेध गरिरहेकी छन् भने उनको इच्छाको सम्मान गर्नुपर्छ । यो जटिल नभई एक सामान्य अवस्था हो र महिलाहरु यसबाट केही समयमा नै उत्रिन सक्छन् । महिलाहरुको भावनाको कदर गर्दै दुवै जना पूर्णरुपमा तयार भएको अवस्थामा यौन सम्पर्क राख्दा यसले एकअर्काप्रतिको विश्वास पनि कायम राख्छ र यौन जीवनलाई पुनः आनन्दमय बनाउँछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै