• २०८१ जेठ ७ सोमबार

त्रिवि प्राध्यापक संघ किर्तिपुरमा प्रा.डा. मोतीलाल शर्माले नेतृत्व गरेको प्रगतिशील समुह विजयी 

kharibot

काठमाडौँ। त्रिभवुन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा शुक्रबार त्रिवि प्राध्यापक संघको निर्वाचनमा लोकतान्त्रिक प्रगतिशील समुह विजयी भएको छ । 

लोकतान्त्रिक प्रगतिशील र प्रजातान्त्रिक समूह विचको कडा प्रतिस्पर्धामा प्रा.डा. मोतीलाल शर्मा भूसालले नेतृत्व गरेको लोकतान्त्रिक प्रगतिशील पक्षका उम्मेदवारहरु बहुमतमा निर्वाचित भएका छन् । समूहका अन्य सदस्यहरुमा डा. राजेन्द्र प्रसाद खनाल, डा. कविराज पौडेल, सुर्य प्रसाद अधिकारी, शंकर सुवेदी र शेर बहादुर गुरुङ निर्वाचित भएका छन् ।  

त्यसै गरी प्रजातान्त्रिक समूहका तर्फबाट सदस्यहरु डा. शरद चन्द्र ठाकुर, मोहन पौडेल, नवराज अधिकारी, सुशिल अवाले र गिता खनाल निर्वाचित भएका छन् । 

विश्वविद्यालयको इतिहासमा लामो समयको अन्र्तराल पश्चात लोकतान्त्रिक प्रगतिशील समूह नेतृत्वमा आएको छ। देशकै जेठो र अपेक्षाकृत व्यवस्थित यस केन्द्रीय विश्वविद्यालयमा भएको प्राध्यापकहरुको निर्वाचनले प्राज्ञिक क्षेत्रमा टेवा पुग्ने विश्वास लिइएको छ । 

देशको केन्द्रविन्दुमा रहेको यस विश्वविद्यालयमा सम्पन्न मर्यादित निर्वाचनले भविष्यमा हुने अपेक्षा गरिएको स्ववियू निर्वाचनमा पनि प्रभाव पर्ने देखिएको छ। 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै