पेरिस । संसारकी सबैभन्दा धनी महिला लिलियन बेटनकोर्टको निधन भएको छ ।
९४ बर्षिय बेटनकोर्टको निधन भएको उनको परिवारले पुष्टि गरेको बिबिसीले जनाएको छ ।
बेटनकोर्ट फोर्ब्स म्यागजिनको सन् २०१७ को सबैभन्दा धनिको सुचिमा १४ नम्बरमा थिइन् भने महिलाहरुमा उनि सबै भन्दा धनि महिला थिइन् ।
उनको सम्पत्ति ३३ बिलियन युरो अर्थात् करिब ४० खर्ब रुपैया रहेको बताइएको छ । बेटनकोर्ट संसारको प्रसिद्ध फ्रान्सेली कस्मेटिक ब्रान्ड लोरियलको उत्तराधिकारी थिइन् ।
लोरियलका सीइओले विज्ञप्ति जारी गर्दै लोरियलमा उनको योगदान हामीले सधै याद गर्ने छौ भन्दै कम्पनिको प्रगतिमा उनको ठुलो हात रहेको बताएका छन् ।
बोटनकोर्टका पिताले सन् १९०९ मा सुरु गरेको कम्पनि अहिले लोरियल ब्रान्डको रुपमा संसारमा प्रसिद्ध रहेको छ ।