सप्तरीको रुपनीमा राजपा नेपाल विजयी

खरीबोट
ad

राजविराज । सप्तरीमा राष्ट्रिय जनता पार्टीको अर्काे स्थानीय तहमा पनि जित भएको छ । 

जिल्लाको रुपनी गाउँपालिकामा राजपा नेपालका हरेराम यादव चार हजार ६८ मत प्राप्त गरी प्रमुख पदमा विजयी भएका छन्  भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामनारायण इसर (राजधोव) ले दुई हजार ९७१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ । 

यस्तै, उपप्रमुखमा पनि राजपाकै बेचनीदेवी सरदारले तीन हजार ९३६ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै भोलेश्वरीदेवी चौधरीले दुई हजार ६९७ मत प्राप्त गरेकी छन् । 

यसअघि, सप्तरीको डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल जिल्लामा पहिलोपटक प्रमुख र उपप्रमुख पदमा विजयी भएको थियो । 

सम्बन्धित समाचार

सप्तरीमा फ्लुका कारण विद्यालय बन्द

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उक्त नगरपालिकाको आज बसेको आकस्मिक बैठकले नगरपालिकालाई विपद्

स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त सप्तरीको कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

सप्तरी । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग

सप्तरीको बोदेबरसाइन नगरपालिकाद्वारा आठ सेवा निःशुल्क

सप्तरी । सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ । जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको

सप्तरीमा बस दुर्घटनामा सत्र जना घाइते

सप्तरी । सप्तरीमा बिहीबार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा