• २०८१ बैशाख १५ शनिबार

शिक्षकको कुटाईबाट विद्यार्थी मृत्यु : आमा भन्छिन् बिहान पढन गयो बेलुकी अत्येष्ठि गरियो 

kharibot

बारा । विभिन्न कुरामा पटक–पटक चर्चामा आईरहँने प्रदेश नम्बर २ को बारा जिल्ला विभिन्न सञ्चार माध्यमहरुमा अहिले पुन: निकै नैं चर्चामा आएको छ । कहिले बालिकाको बलात्कार , त कहिले बालबालिकाहरुको अपहरण र उनीहरुको हत्याको विषयमा बारा जिल्ला निकै नैं चर्चामा आउने गरेको छ ।

केहि दिन पहिला बाराको जीतपुरका स्थानीय व्यवसायी ललन प्रसाद गुप्ताका ९ वर्षिय छोरा अंकित गुप्ताको ७ महिना पहिला अर्थात् जेष्ठ २२ गतेका दिन अपहरण भएर बारा चर्चामा थियो ।

अपहरणमा परेका अंकितका पिता ललन प्रसाद गुप्ताले फिरौती वापतको भारतीय रुपैयाँ ६४ लाख ५० हजार अर्थात् एक करोड तीन लाख २० हजार नेपाली रुपैयाँ अपहरणकारीहरुलाई बुझाए पनि उनको हत्या गरियो ।

साउन ७ गते अंकित गुप्ताको शव फेला परे पनि उनको ठूलो धन राशीको भने अपहरणकारीहरु समातिए पनि अहिले सम्म अत्तोपत्तो छैन ।

त्यस्तै २०७२ साल फागुन महिनामा जिल्लाको सदरमुकाम कलैयाकी पुजा साहको पनि बलात्कार पछि हत्या भएकोले विभिन्न सञ्चार माध्यमहरुमा बारा जिल्ला चर्चामा आएको थियो । 

बलात्कार पछि पुजाको हत्याको बिरोधमा उत्रिएका कलैया बासीको आन्दोलन पछि बारा प्रहरीले बलात्कार गरी हत्या गर्ने स्थानीय २८ वर्षीय कन्हैया गुप्तालाई पक्राउ गरेको थियो ।
बलात्कारी कन्हैयालाई बारा जिल्ला अदालतका न्यायधिश लिप्तबहादुर थापा क्षेत्रीको एकल ईजलासले दोषी ठहर गर्दै सो सजायको फैसला गरेको ले ३५ वर्ष कैद र दुई लाख क्षतिपुर्तिको फैसला गरेकोले उनी अहिले जेल सजाए काट्दै छन् । 

यस्तै बारा जिल्लाले शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यू भन्ने विषयले चर्चा पाएको छ । शिक्षकको कुटपिटपछि सात कक्षामा पढ्ने एक छात्रको पुस ९ गतेका दिन मृत्यु भएको थियो । विद्यार्थीलाई निर्घात कुटपटि गर्ने शिक्षक अहिले सम्म फरार छन् । 

कलैया उपमहानगरपालिका वडा नं.१ स्थित नमुना निम्न माध्यमिक विद्यालयमा अध्ययनर्त पर्साका बिरेन्द्र महत्तो मण्डलका १३ वर्षीय छोरा अजय कुमार मण्डलको उपचारको क्रममा मृत्यु भएको थियो । शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै पुस ९ गते सोमवारका दिन अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर लखेटेका थिए । 

घर पुगेको केही घण्टा मैं कलैया अस्पताल पुर्याएको उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । 

बिहान पढन गयो बेलुकी अत्येष्ठि गरियो : आमा

घरबाट सकुशल विद्यालय गएको छोरो अजय घरमा बेहोसीको अवस्थामा पाए पछि आँफुहरु तुरुन्तै जिल्ला अस्पताल कलैया लगेको उनका आमा कोशीला देवी बताउँ छिन् । छोरालाई खाना खुवाएर तैयार गराई विद्यालय पढन पठाए पछि घाँस काटन गएकी आमा कोशीला करिब ३ बजे तिर घर आएकी थिईन् । 

आखाँबाट आशु झार्दै कोशिलाले भनिन्, घर आउँदा छोरा अजय बेहोसी अवस्थामा भुईमा लडिरहेको थियो । देख्ना साथ श्रीमानलाई जानकारी गराएको र केहि समय भित्रै अस्पताल लगियो ।

यता उनका काकी रंजीता देवी मण्डलले बेहोसीको अवस्थामा पाईएका अजयलाई आँफुहरुले बोलाउँने प्रयास गर्दा एक शव्द पनि बोल्न नसकेको र सोहि सवन्धमा अजयकी बहिनीसँग दाईलाई के भएको भनेर बुझ्दा सरले विद्यालयमा दाईलाई धेरै नैं कुटपिट गरेको बताईन् । बहिनीले दाईलाई यति धेरै नपिटन पटक–पटक आग्रह गर्दा समेत शिक्षकले नमाने काकी रंजिताले बताईन् । 

के भन्छन् विद्यालयका प्रअ ?

कलैया उपमहानगरपालिका वडा नं.१ स्थित नमुना निमाविमा प्रअ सुकदेव यादवले आफ्नो अगाडी शिक्षक सोनालाल यादवले विद्यार्थीलाई तर्साउँने उद्देश्यले १-२ झापड पिटेको मात्र बताउछन् ।

विद्यार्थीको मृत्युबाट पुरै विद्यालय, परिवार नैं शोकाकुल भएको बताउँदै उनले विद्यार्थीलाई ठुलो चोट पर्ने गरी कुँनै पनि शिक्षकले नपिट्ने बताउँदै छात्रालाई जिस्काउने गरेको आरोपमा अजयलाई शिक्षक सोनालालले पनि समान्य रुपमा १-२ झापड पिटेर घरबाट आफ्नों अभिभावक सहित भोली आउने गरी पठाईएको बताए । 

एक जना शिक्षक र छात्रासँग आन्तरिक विषयलाई लिएर छात्रालाई केहि विद्यार्थीहरुले जिस्काउने गरेको र पछि बुझदै जादा अजयको नाम आएपछि शिक्षक सोनालालले निजलाई समान्य रुपमा तर्साउँनलाई १-२ झापड पिटेको प्रअ यादवले दाबी गरेका छन् । 

उनले विद्यार्थीलाई आफ्नैं अगाडी उनको साईकलसहित भोली अभिभावकसहित आउनु भनेर घर पाठाईएको बताए । त्यस बखतसम्म विद्यार्थीलाई केहि पनि नभएको उनको भनाई छ । 

यता सोहि विद्यालयमा अध्ययनर्त कक्षा ६ का दिपेन्द्र मण्डलले शिक्षकले अजयलाई हात र लठिले पिटेको बताएका छन् । उनले शिक्षकले अजयको टाउको भित्तामा ठोकाएको र मोटो लठ्ठीले पिटेको बताए । 

अस्पतालले के भन्छ ?

अचेत अवस्थामा अस्पताल ल्याईएका अजयको अवस्था पहिले देखि नैं गम्भिर हरेको पाईए पनि डाक्टर केहि सम्भावना छ की भनेर औषधी उपचार गरे तर, त्यसबाट पनि कुनै फरक नपरे पछि उनको मृत्यू भएको ठहर गरिएको जिल्ला अस्पतल कलैया बाराका निमित्त मेडिकल सुपरिन्टेन्डेड आषुतोश कुमार बादलले जानकारी दिए । 

उनले बालक अजय यहाँ आउदासम्म विपी, पल्स रेट र हर्टबिट नभएको अवस्था रहेको बताउँदै उनको ईसीजी गरे पछि बच्चा रिकभर नभएको बताए । बच्चाको अवस्था हेरेर केहि बताउन नसकीने भन्दै निमित्त मेडिकल सुपरिन्टेन्डेड बादलले पोष्टमार्टम रिपोर्ट नआए सम्म मृत्यूको कारण बताउँन नसकिने जानकारी बताए । 

कँहासम्म पुग्यो प्रहरीको अनुसन्धान ?

जिल्ला अस्पतालमा शिक्षकको कुटाईबाट बालकको मृत्यू भयो भन्ने सुचना पाउँन साथ अस्पतालमा पुगेको प्रहरीको टोलीले त्यहीबाट आफ्नों अनुसन्धान शुरु गरेको छ । मृतक अजयलाई अस्पताल पु¥याउँदा अजयले बान्ता गरेको पाईएकोले चोटबाट या बिस सेवनबाट उनको मृत्यू हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

घटनालाई नजिकैबाट हेरिरहेका छौं, मृतकको पोष्टमार्टमको रिपोर्ट नआए सम्म केहि भन्न नसकिने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले जानकारी दिए । उनले विभिन्न कोणबाट अनुसन्धान भैरहेको पनि जानकारी दिए । 

विद्यालयबाट निकालिए पछि मानसिक तनावमा आएर बिस सेवन गरेको वा शिक्षकको कुटाईबाट नैं मृत्यू भएको भन्ने बारे अनुसन्धान भैरहेको उनको भनाई छ । 

अजयलाई कुटपिट गर्ने शिक्षक सोनालाल त्यही दिन देखि फरार रहेका छन् । प्रहरीले फरार रहेका सोनालाल माथी ज्यान सम्बन्धि मुद्दाअन्तर्गत अनुसन्धान गरिरहेको बाराका प्रहरी उपरिक्षक भट्टराईले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय