• २०८१ बैशाख १४ शुक्रबार

एक्सन स्टार निखिल स्टारर ‘किङ’ युट्युबमा रिलिज

kharibot

काठमाडौं । एक्सन स्टार निखिल उप्रेती स्टारर फिल्म ‘किङ’  युट्युबमा रिलिज गरिएको छ । सोमबार युट्युबमा रिलिज गरिएको फिल्म किङ अहिले नेपालको ट्रेण्डसमा समेत पर्न समेत सफल भएको छ । किङ अहिले ट्रेण्डिङ सुचीमा १५औ स्थानमा रहेको छ भने २४ घण्टामा फिल्मलाई करिब ७ लाख पटक हेरिएको छ । 

फिल्ममा निखिलसँगै बेनिशा हमाल र अनुप विक्रम शाही मुख्य भूमिकामा रहेका छन्। यस्तै रुपा राना, प्रज्वलसुजल गिरी र प्रस्तुतकर्ता समेत रहेका जगन श्रेष्ठको पनि फिल्ममा अभिनय रहेको छ।

जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको फिल्मका निर्माता जयन श्रेष्ठ हुन् भने फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका छन् ।

फिल्मलाई सञ्जय लामाले खिचेका हुन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ। नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै