• २०८१ बैशाख १४ शुक्रबार

चितवनको विरेन्द्रनगरमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

kharibot

चितवन । कृषि विकास बैंक, चितवनको पर्सा खैरहनी बैंकको मध्यमाञ्चल क्षेत्रीय तालीम केन्द्र बिरेन्द्रनगरमा एक दिने वित्तिय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । 

कृषि विकास बैंक, क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम राप्ती न.पा.वार्ड ८ का वडा अध्यक्ष बुद्धि थपलियाले उदघाटन गरेका थिए । सो कार्यक्रममा विभिन्न सहकारीका अध्यक्ष, व्यवस्थापक, स्कुलका प्रधानाध्यापक, शिक्षक, समाजसेवी तथा सर्वसाधारण गरी करीब ५० जना सहभागी थिए । 

सो कार्यक्रमका सहभागीहरुलाई शाखा पर्सा खैरहनीका प्रबन्धक काशीराज कंडेलले स्वागत गर्दै ५० बर्षको ईतिहास बोकेको यस बैंकले जनताका घरदैलोमा पुगी अत्याधुनिक सेवा प्रदान गरिरहेको बताए । बैंकको मुख्य कार्यालयका शाखा प्रमुख माधव रिजालले बाली तथा पशुधन सुरक्षण तथा कृषि कर्जामा प्रदान गरिने विभिन्न प्रकारका सेवा सुविधा र अनुदानका विषयमा जानकारी दिए ।

त्यसैगरी शाखा पर्सा खैरहनीका व्यवसाय अधिकृत प्रतीक्षा विडारीले उद्यमशीलताको पूर्वाधारको रुपमा रहेको कृषि विकास बैंकको विभिन्न प्रकारका कर्जा तथा सापट सुविधा, बैकले ल्याएको विभिन्न प्रकारका खाताका प्रकार, बैंकले तयार पारेको जिंगल प्रदर्शन, अत्याधुनिक बैंकिंग सुविधा तथा बैंकको विद्युतीय बैंकिङ सेवा सम्बन्धमा प्रकाश पारेकी थिइन् ।

सो कार्यक्रममा  राप्ती न.पा.वार्ड ८ का वडा अध्यक्ष मेनका पाठक तथा पुर्णदत्त जैशीले बैंकले आयोजना गरेको यस प्रकारको कार्यक्रम फलदायी रहेको, यो बैंक हाम्रो आफ्नै बैंक जस्तो लाग्ने गरेको र भविष्यमा पनि वित्तय साक्षरता कार्यक्रम गांउ गाउंमा संचालन गर्नुपर्ने आवश्यकता रहेको बताईन । 

उक्त अवसरमा बैंकको क्षेत्रिय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाले वित्तीय साक्षरताको अर्थ र आवश्यकता, नेपालको आर्थिक तथा वित्तीय प्रणाली, वचत गर्दा हुने फाईदा आदिका बारेमा प्रशिक्षण दिएका थिए । थापाले सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ दिंदै सफा नोटको महत्व, समृद्ध देश निर्माणको आधारको रुपमा रहेको विप्रेषण, घरायसी बजेट निर्माणको महत्वको आदिका बारेमा सचेतना गराउंदै कार्यक्रमको समापन गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै