यादहरु बग्छन् जैल्यै आँखाका नानीबाट ।
छ त कोही बहादुर हटाऊ मलाई राजधानीबाट ।
रातभर ऐठन गराउँछन् ती पुराना बाटाहरु
कसरी मेटुँ खै उसको तस्वीर सिरानीबाट ।
प्रेमको दरबारभित्र खुसी सजाउँदा राजाले
सोचेन यो सब लुटिनसक्छ आफ्नै रानीबाट ।
पहिला गुलियो पछि पिरो यो मायाको खुर्सानी
खायो भने रुनेछ बच्चा जोगाउनु खुर्सानीबाट ।
ए काठमाडौं ! तेरो टोकाइ पनि कति सहनु,
रातभर उडुस, उपियाँ र रुपियाँले टोक्छ बिहानीबाट ।
बि.एन ढकाल,
अरुण गा. पा. , भोजपुर।