• २०८१ बैशाख १४ शुक्रबार

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

kharibot

काठमाडौँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारीलाई नियुक्त गरेको छ । खुला प्रतिस्पर्धाबाट छानिएका अधिकारी टेलिकमकै दशौं तहका कर्मचारी हुन् ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएका थिए । तीन जना मध्यबाट सरकारले अधिकारीलाई नियुक्त गरेको हो । 

सचिव महेन्द्रमान गुरुङ संयोजकत्वको समतिले ११ जना आवेदक मध्यबाट डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको थियो ।
यसअघि सरकारले तत्कालिन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद रिक्त रहेको थियो ।

प्रवन्ध निर्देशक बन्न सानउल्लाह खान, डा.विमल आचार्य, गोकर्णप्रसाद सिटौला, नगेन्द्रकुमार दास, संगीता पहाडी (अर्याल), चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादव लगायतले निवेदन दिएका थिए ।

गत मंसिर २९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेकोमा पुस १२ गते सूचना सार्वजनिक गर्दै यहि पुस १६ गते र १७ गते कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै