• २०८१ बैशाख १५ शनिबार

अनुमान र पूर्वाग्रहका आधारमा आफूलाई मुछियो- मन्त्री अधिकारी 

kharibot

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिदमा मन्त्री अधिकारीको पनि संलग्नता रहेको भन्ने निष्कर्ष निकालेपछि मन्त्री अधिकारीले यसमा आफ्नो संलग्नता नभएको बताएका हुन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले वाइडबडी खरिदमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको बताउदै सरकारद्वारा छानविन गर्न गठित समितिलाई आफूले सक्दो सहयोग गर्ने पनि बताए ।

२०७४ मंसिर २७ मा सर्वोच्च अदालतले खरिद प्रकृया ठिक छ भनेको र मन्त्री आएपछि भएकाका आफू आउँदा भुक्तानी स्वीकृती भैसकेको सर्वोच्चले पनि ठीक छ भनिसकेकोले सर्वोच्चको आदेश विपरित भुक्तानी रोक्न सक्ने अवस्था नभएको उनले बताएका छन् । आफूले भुक्तानी नदिएको भए पहिला बैना स्वरुप पठाएको ९ अर्ब डुब्ने पनि उनको भनाइ थियो ।

मन्त्री अधिकारीले भने, ‘जहाज खरिदमा मेरो कुनै संलग्नता छैन, तर विभागीय मन्त्री भएकाले कन्सर्न रहन्छ । छनबिन गर्न अख्तियारप्राप्त सबैलाई आग्रह छ ।’

अनुमान र पूर्वाग्रहका आधारमा आफूलाई मुछिएको भन्दै उनले दुःख व्यक्त गरेका थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय