चुनावका बावजुत आइपिएल भारतमा नै हुने 

खरीबोट

काठमाडौं । बहुचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को १२औ संस्करण भारतमै हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले मंगलबार जारकारी दिदै आइपिएलको १२औ संस्करण भारतमै हुने जानकारी दिएको हो । 

भारतमा यसबर्ष आम निर्वाचन हुने भएकाले यसअघि प्रतियोगिता दक्षिण अफ्रिका या दुवईमा हुने हल्ला चलेको थियो । बोर्डले सरकार एजेन्सी र राज्यस्तरीय छलफलपछि आइपिएल आगामी मार्च २३ देखि भारतमै हेन जनाएको छ ।

यद्यपी प्रतियोगिताको पुरा खेल तालिका भने आम निर्वाचनको मितिपछि मात्र सार्वजनिक हुने भएको छ । भारतीय मिडियाका अनुसार यस पटकको आइपिएल यस अघिको जस्तो होम र अवे मैदानमा नहुने भएको छ । निर्वाचनको मिति अनुसार कार्निभल फर्म्याटमा निश्चित स्टेडियममा हुनसक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

यस सिजनको लागि खेलाडीको अक्सन डिसेम्बर २० मा सम्पन्न भइसकेको छ । आइपिएलमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलबाट खेल्दै छन् । गत बर्ष आइपिएलमा डेभ्यु गरेका सन्दीपलाई दिल्लीले यस बर्ष रिटेन गरेको थियो ।  
 

सम्बन्धित समाचार

चुनावका बावजुत आइपिएल भारतमा नै हुने 

काठमाडौं । बहुचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को १२औ संस्करण भारतमै हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले मंगलबार जारकारी दिदै आइपिएलको १२औ संस्करण भारतमै हुने जानकारी दिएको हो

आइपिएलबाट अरब कमाउने दुई खेलाडी 

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) को अब १२औ संस्करण सुरु हुन् केहि महिना बाँकी रहेको छ। २०१९ को सिजनका लागि अक्सन पनि सम्पन्न भएको छ। अक्सनमा भारतीय र केहि बिदेशी

आइपिएल अक्सनमा बिक्रि नभएका यी स्टार खेलाडीहरु 

काठमाडौँ। मंगलबार भएको आइपिएल अक्सनमा टिमका फ़्रेञ्चाइजहरुले भारतीय तथा वेस्टइन्डिजका खेलाडीहरुलाई करोडौ रकममा किनेका छन्। राजस्थान रोयल्सले आफ्नै पुर्वखेलाडी जयदेव उनदकटलाई ८ करोड ४० लाख खर्च गरेर किन्यो। त्यस्तै पंजाव

को हुन् आइपिएल अक्सनका महंगा खेलाडी बरुण ?

काठमाडौँ। मंगलबार सम्पन्न आइपिएल अक्सनमा २७ बर्षिय भारतीय अनक्याप्ड खेलाडी बरुण चक्रवर्तीलाई किंग्स इलेभेन पंजावले ८ करोड ४० लाखमा किनेको छ। न्युनतम मुल्य २० लाख रहेका बरुणलाई किंग्स इलेभेनले यति


z