• २०८१ बैशाख १४ शुक्रबार

नेपाली सेनाको प्रवक्तामा सहायक रथी ढकाल 

kharibot

तस्बीर : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाको प्रवक्ता सहायक रथी याम प्रसाद ढकाल बनेका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायक रथी ढकालले सम्हालेका छन् । 

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच सहायक रथी ढकाललाई कार्यभार हस्तान्तरण गरेका छन् । 

जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा आमसञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी रक्षासँग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी भण्डारीले आभार प्रकट गरेका छन् । 

सूचना अधिकारी तथा सैनिक प्रवक्ताको कार्यकाल सफलतापूर्वक सुसम्पन गरी आफ्नो कार्यभार नवँ नियुक्त सैनिक प्रवक्तालाई हस्तान्तरण पश्चात भण्डारी आजै नेपाली सेनाको अत्यन्त महत्वपूर्ण तालिम शिक्षालय सैनिक प्रतिष्ठान खरिपाटीमा शिक्षाधीकृतको रुपमा जाँदैछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै