वेद हातमा लिएर ह्यारी भण्डारीले लिए शपथ

खरीबोट

वाशिङ्गटन डिसी । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी हुनुभएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् । उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका छन् । 

मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिएका हुन् । शपथग्रहण पश्चात रासससँग कुरा गर्दै डेलिगेट भण्डारीले भने, “मैले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने सोचेको थिइनँ, तर अमेरिकाले मलाई दिएको अवसरका लागि म आभारी छु ।” 

एक प्रश्नको उत्तरमा उनले भने– म एउटा वयष्क उमेरमा अमेरिका आएर यो उपलब्धि हासिल गर्न सफल भएको छु, यही भूमिमा जन्मिएका नेपाली मूलका अमेरिकीले अझ फराकिलो इतिहास निर्माण गर्नसक्छन् भन्नेमा म पूर्ण विश्वस्त छु । 

भण्डारीको शपथग्रहण कार्यक्रममा पुगेका करीब दुई दर्जन नेपालीले उनको सफलताले आफूहरूलाई पनि उत्साहित बनाएको प्रतिक्रिया दिए । कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन) सङ्घ, अमेरिकाका अध्यक्ष डा केशव पौडेलले ह्यारीको सफलता एक एनआरएन कै सफलता भएको बताए । 

अमेरिकामा करिव तीन लाख नेपाली र अन्य तीन लाख नेपालीभाषी गरी करीब छ लाख नेपाली बस्दै आएका छन् । यसरी निर्वाचित भएर राजनीतिक तहको जिम्मेवारी लिने भण्डारी पहिलो नेपाली मूलका अमेरिकी नागरिक बन्नुभएको छ । यसलाई अमेरिकाका स्थानीय राजनीतिज्ञहरूले समेत चासोका साथ हेरेका छन् । 

यसैबीच भण्डारीले आफूले ‘हेल्थ तथा गभर्नमेन्ट रिलेशन कमिटी’को हैसियतले मेरिल्याण्डका बासिन्दाका लागि राम्रो र सर्वसुलभ स्वास्थ्यका लागि पहल गर्ने प्रतिक्रिया दिए । भण्डारीले आफनो सचिवालय रहने स्थानमा नेपाल र अमेरिकाको झण्डासमेत राखेका छन् । भण्डारीको कार्यकक्षमा सगरमाथाको तस्बीर र नेपालको झण्डालाई सजाएर राखिएको छ । 

भण्डारी गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा २२ हजार ४०७ मत ल्याएर मेरिल्याण्डको हाउस अफ डेलिगेटमा विजयी हुनुभएको थियो । भण्डारीले जित्नुभएको पदमा बहाल रहेका सांसदहरूले मेरिल्याण्ड राज्यका लागि आवश्यक पर्ने विभिन्न कानून निर्माण गर्ने र राज्यको बजेट प्रक्रियालाई अनुमोदन गर्ने गर्दछन् । 

उनीहरूले राज्यभित्र रोजगारीको अवसर सिर्जना गर्ने, उद्योग तथा कलकारखानाको स्थापनाका लागि आवश्यक पर्ने कानून बनाउने, काउन्टीहरूलाई विभिन्न तरिकाले बजेट सहयोग गर्ने, विद्यालयको गुणस्तर तथा पूर्वाधारको निर्माणमा सहयोग गर्न सक्नेछन् ।
 

सम्बन्धित समाचार

प्रवासमा रहेका लाखौ सिर्जनशीलहरुको उपेक्षा गरेर समृद्धि आउन सक्दैन - कमल थापा 

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) का अध्यक्ष कमल थापाले मुलुकको आर्थिक विकासमा प्रवासी नेपालीहरुको ठुलो भूमिका रहेको बताएका छन्। राप्रपा प्रवास बिभागको आयोजनामा 'मुलुकको आर्थिक समृद्धिमा प्रवासी नेपालीको भूमिका' विषयक अन्तरक्रियामा

मलेसियामा नयाँ नीति : आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा

काठमाडौँ। मलेसिया सरकारले आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सन् २०१९ देखि नयाँ व्यवस्था लागू गरेको छ ।  मलेसिया सरकारले रोजगारदाता कम्पनीले विदेशी कामदारलाई मलेसियाको सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने व्यवस्था

राप्रपाले प्रवासमा पृथ्वी जयन्ती तथा एकता दिवस भव्य रूपमा मनाउने 

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठनहरूले राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे २९७ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने भएका छन्।  यसको लागि विभिन्न देशहरूमा समिति गठन भईसकेको र राप्रपाका

आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज

वासिङ्टन। विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ ।  ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको


z