कर्णाली प्रदेशमा माघ १ गते सार्वजनिक विदा

खरीबोट

सुर्खेत / कर्णाली प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भन्नुभयो, “मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।” 

उनले आफ्नै संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरिनाका साथै सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश युवा परिषद् गठन गर्न बनेको विधेयक, घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक र उपभोक्ता हित संरक्षण सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरिएको बताए । 

यसैगरी कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि स्वीकृत गरिनाका साथै कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाइने जानकारी दिँदै उनले आजैबाट कर्णाली प्रदेशलाई कागजबिहिन गराइएको बताए । 

सम्बन्धित समाचार

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न बहस

सुर्खेत । प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको

कर्णालीमा खाद्यान्न अभाव 

सिञ्जा । तातोपानी–३ का चैते दमाईंको घरमा अहिलेको ठ्याक्कै छ-सात वर्ष पहिले मुरीमुरी धान, जौ, गहुँ, मकै, कोदो र चिनोलगायत विभिन्न अन्न बाली उत्पादन हुन्थ्यो । आफ्नो उत्पादनले झण्डै १२

कर्णाली प्रदेश मन्त्रिपरिषद् निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुईवटा विधेयकलाई कर्णाली प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ ।  बैठकले खाद्य उत्पादन,

कर्णाली नदी फर्काएर उत्खनन गर्दा टीकापुर बस्ती जोखिममा

कैलाली । कर्णाली नदी फर्काएर ढुङ्गा बालुवा उत्खनन गर्दा टीकापुर–८ स्थित श्रीलङ्का बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ । अनियन्त्रित तरिकाले ढुङ्गा, बालुवा उत्खनन गर्दा कर्णालीको छेउमा


z