राजश्व जम्मा हुने बैंकका शाखा शनिबार पनि खोल्न निर्देशन 

खरीबोट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । 

बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो । 

अर्थ मन्त्रालयलको आग्रहअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ । 

यस्तै राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैंकले क, ख र ग वर्गका बेंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।  
 

सम्बन्धित समाचार

राष्ट्र बैंकले सोमबार चार अर्ब नौ करोडको ट्रेजरी बिक्री गर्ने 

काठमाडौ । नेपाल राष्ट्र बैंकले जेठ २७ गते अर्थात आगामी सोमबार चार अर्ब नौ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैकका अनुसार जारी मिती यही जेठ २८

राष्ट्र बैंकद्वारा नोटका विशेषता सार्वजनिक, यसरी चिन्न सकिन्छ नोट

काठमाडौँ । राष्ट्र बैंकले नोटका विशेषता सार्वजनिक गरेको छ । सर्वसाधारणलाई सक्कली र नक्कली नोटबारे छुट्याउन सजिलो होस् भन्ने उद्देश्यले सय, पाँच सय र हजार दरका नोटमा रहेका विशेषता सार्वजनिक गरिएको राष्ट्र

बैंकहरुले अब आफुखुसी एक्सटेन्सन काउन्टर खोल्न नपाउने

काठमाडौं । बैक तथा फाईनान्स कम्पनीहरुले अवदेखि आफुखुसी एक्स्टेन्सन काउन्टर खोल्न नपाउने भएकाछन् । यसअघि बैंकहरुले आफ्नो इच्छाअनुसार एक्सटेन्सन काउन्टर खोल्ने गरेको राष्ट्र बैंकले नयाँ परिपत्र जारी गर्दे एक्सटेन्सन काउन्टरको लागि

राष्ट्र बैंकले सोमबार पाँच अर्ब १३ करोडको ट्रेजरी बिक्री गर्दे 

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पाँच अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल


z