शाक्यको अध्यक्षतामा हस्तकला महासंघमा नयाँ नेतृत्व निर्वाचित 

खरीबोट

काठमाडौँ । सुरेन्द्रभाइ शाक्यको नेतृत्वमा नेपाल हस्तकला महासङ्घमा नयाँ नेतृत्व निर्वाचित भएको छ । 

महासङ्घको शनिबार सम्पन्न ३८औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट शाक्यको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरिएको हो । 

महासङ्घको वरिष्ठ उपाध्यक्षमा प्रचण्ड शाक्य, उपाध्यक्ष (वस्तुगत) दीपेन्द्र शाक्य, उपाध्यक्ष (उद्योग) सनम शाक्य, उपाध्यक्ष (वाणिज्य) रवीन्द्र शाक्य, उपाध्यक्ष (व्यक्तिगत) राजमान बज्राचार्य तथा उपाध्यक्ष (एशोसिएट)मा सुनिल शाक्य निर्वाचित भएका छन् । 

यस्तै सदस्यमा हिरा भट्टराई, चूँडादेवसिंह लामा, मोहनकृष्ण मानन्धर, सुनिता श्रेष्ठ, सविता महर्जन, विक्रमसिंह महर्जन, राजेन्द्र शाक्य, प्रताप शाक्य, मनमोहनसिंह मल्ल, जीवनरत्न शाक्य, उपेन्द्र बाराही, सुविन शाक्य, प्रदीप शाक्य, सुदन शाक्य र किरणबहादुर खड्गी निर्वाचित भएका छन् । 

महासङ्घको विधान २०६३ अनुसार सम्पन्न निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिएको हो । कूल २५ सदस्यीय कार्यसमिति रहने महासङ्घमा बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
 

सम्बन्धित समाचार

शाक्यको अध्यक्षतामा हस्तकला महासंघमा नयाँ नेतृत्व निर्वाचित 

काठमाडौँ । सुरेन्द्रभाइ शाक्यको नेतृत्वमा नेपाल हस्तकला महासङ्घमा नयाँ नेतृत्व निर्वाचित भएको छ ।  महासङ्घको शनिबार सम्पन्न ३८औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट शाक्यको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।  महासङ्घको

हस्तकला ब्यापार मेला समापन, करिब ९ करोडको कारोबार 

काठमाडौँ। ५ दिनसम्म चलेको १६औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता आइतबारदेखि सम्पन्न भएको छ। मेलाको अन्तिम दिन आइतबार पनि भृकुटीमण्डपमा आगन्तुकहरुको निकै घुईचो रहेको थियो ।  मेलाको अवधिमा

नेपाली हस्तकलामा अवलोकनकर्ताको चासो  

काठमाडौँ। १६औं हस्तकला व्यापार मेलाको तेश्रो दिन भृकुटिमण्डप स्थित प्रदर्शनी हलमा अवलोकनकर्ताहरुको राम्रो उपस्थिती रहेको थियो । नेपाली र विदेशी आगन्तुकहरुको उल्लेख्य उपस्थिती भैरहेको यस मेलामा प्राय सबै आगन्तुकहरुको नेपाली उत्पादन

हस्तकला मेलाको दोश्रो दिन : मित्र राष्ट्रका राजदूतहरुको आगमन

काठमाडौँ। १६औं हस्तकला व्यापार मेलाको दोश्रो दिन भृकुटिमण्डपमा अवलोकनकर्ताहरुको अपार भीड रहेको थियो । मेला अवलोकन गर्न नेपालको लागि महामहिम जर्मन राजदूत रोनाल्ड स्काफरले मेला अवलोकन गरेका छन् । उनले मेला


z