• २०८१ बैशाख १४ शुक्रबार

मानसिक स्वास्थ्यको लागि इन्स्टाग्राम सबैभन्दा खतरनाक 

kharibot

काठमाडौँ ।  अचेल अधिकांश युवा सामाजिक सञ्जालमा समय व्यतीत गरिरहन्छन् । इन्स्टाग्रामदेखि फेसबुक, ह्वाट्सएप आदिमा स्ट्याटस चेक गर्नु, फोटो अथवा म्यासेज पठाउनु मानिसको दिनचर्या नै भएको छ । यी सामाजिक सञ्जालका कारण समय त खेर जान्छ नै मानिसको मानसिक स्वास्थ्यमा पनि गहिरो असर पार्ने हालैमा भएको एक अध्ययने खुलाएको छ । 

रोयल सोसाइटी फर पब्लिक एन्ड यंग हेल्थ मुभमेन्टले तयार पारेको एक अध्ययन प्रतिवेदनअनुसार इन्स्टाग्राम मानसिक स्वास्थ्यको लागि सबैभन्दा धेरै हानिकारक छ । त्यस्तै, दोस्रो स्थानमा भने स्न्यापच्याट छ । 

यो अनुसन्धानको लागि बेलायतमा रहेका १५०० युवालाई पाँच सबैभन्दा प्रसिद्ध सामाजिक सञ्जाललाई रेटिङ दिन लगाइएको थियो । फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, युट्युब र ट्विटर यसमा संलग्न थिए । यी सञ्जाल प्रयोग गर्ने किशोर अथवा युवालाई निद्रा, एनजाइटी, डिप्रेसन, फियर अफ मिसिङ आउट र बडी इमेजमा केकस्तो फरक आउँछ, त्यसको आधारमा रेटिङ दिन लगाइएको थियो । 

यी एपको सकारात्मक र नकारात्मक प्रभावका आधारमा रेटिङ दिन दिइएको थियो । यी पाँच एपमा इन्स्टाग्रामलाई सबैभन्दा खतरनाक एप मानिएको छ ।

इन्स्टाग्रामका कारण किशोरी अथवा युवतीहरुले आफ्नो इमेज र लुकको बारेमा बढी असुरक्षित महसुस गर्ने तथा तनाव लिने गरेको पाइएको छ । आफू सुन्दर देखिन चाहनु त राम्रो हो, तर आफ्नो सौन्दर्यमा विश्वास नभई घन्टौं लगाएर फोटो इडिट गर्ने बानी इन्स्टाग्रामका प्रयोगकर्तामा बढिरहेको छ । यस्तो प्रवृत्तिले प्रयोगकर्तामा आफूप्रति विश्वास नहुने र सधैं आफ्नो रुपको विषयमा सशंकित भइरहने र यसैले तनाव पनि बढाउने भएकाले हाल इन्स्टाग्रामलाई सबैभन्दा खतरनाक मानिएको हो । 

आफू सुन्दर र पर्फेक्ट देखिनको लागि किशोर तथा युवाहरुमा इन्स्टाको असर यति धेरै छ कि फोटो अप्लोड गर्न मात्र फोटो खिच्छन् र त्यसलाई फिल्टर अथवा इडिट गर्न घन्टौं समय बिताउँछन् । 

एजेन्सी 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै