• २०८१ बैशाख १५ शनिबार

वाइडबडी खरीद प्रकरणमा मेरो संलग्नता छैन : देउवा

kharibot

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । 

आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइडबडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए । उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे । 

“मेरो पालामा वाइडबडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उनले भने । सभापति देउवाले नेपाली काँग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गरे । फरक प्रसङ्गमा देउवाले नेविसंघको विवाद चाँडै समाधान गरिने बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय