• २०८१ बैशाख १४ शुक्रबार

करीब ५१ हजार कर्मचारीले रोजे समायोजन

kharibot

काठमाडौँ । कर्मचारी समायोजनका लागि फाराम भर्न समय दुई दिनमात्र रहँदा ५१ हजार ३२२ जनाले समायोजन रोजेका छन् । 

बुधबारसम्म समायोजनका लागि फाराम भर्ने अन्तिम समय सीमा तोकिएको छ । यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा सो सङ्ख्याले फाराम भरेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिए । 

अनलाइन फारामका २४ घण्टा नै खुला गरिएको छ । उहाँका अनुसार सङ्घमा ३६ हजार ११०, प्रदेशमा ४४ हजार ७६३ र स्थानीय तहमा दुई लाख ४८ हजार ६६० ले समायोजन रोजेका छन् । कर्मचारीले प्रदेश र स्थानीय तहमा एकभन्दा बढी रोज्न पाउने व्यवस्था रहेको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना कर्मचारी समायोजन गरिँदैछ । 

उनका अनुसार ७० हजार ३५७ अनलाइन फाराम भरेकामध्ये १९ हजार ३५ ले फाराम भरेपछि रोज्न बाँकी छ । सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै