वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ ।
परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् ।
“उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,” गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा.टोमाज स्टेफनिकले भने ।
मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ ।