• २०८१ बैशाख १५ शनिबार

सेयरबजारमा आज ११ वटै समूहका सूचक बढे

kharibot

काठमाडौं । साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्से दोहोरो अंकले बढेको छ । नेप्से आज १७ दशमलव ५१ अंकले बढेर ११ सय ९५ दशमलव ५४ विन्दुमा पुग्दा सेन्सिटिभ तीन दशमलव छ अंकले बढेर दुई सय ५३ दशमलव ५५ विन्दुमा पुगेको छ ।

एक सय ५८ कम्पनीहरुको चार हजार छ सय ३५ वटा कारोवारमा आठ लाख ३५ हजार दुई सय ३९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३९ करोड ७३ लाख ५५ हजार पाँच सय ४० रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोवार भएकोमा सबै समूहको सूचक बढ्दा सेयर बजार पुरै हरियो भएको छ । बाँणिज्य बैंक समूहको सूचक पाँच दशमलव चार अंकले बढेर एक हजार १४ दशमलव ८० विन्दुमा चढ्दा विकास बैंक समूहको सूचक १६ दशमलव ७५ अंकले बढेर १४ सय ६८ दशमलव ३६ विन्दुमा चढेको छ । आज जलबिद्युत समूहको सूचक पनि ५२ दशमलव ७७ अंकले बढेर १२ सय ६६ दशमलव तीन विन्दुमा चढेको छ । निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमूलक, अन्य र लघुबित्त समूहको सूचक पनि बढेर हरियो भएकाछन ।  

कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९९ पैसाले बढेर २८ सय ७४ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिद्धार्थ ईक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य दुई रुपैयाँ ७१ पैसाले घटेर नौ रुपैयाँ ३० पैसामा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता २८ सय ७४ रुपैयाँमा सात करोड ६४ लाख हजार दुई सय नौ रुपैयाँको सेयर कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय