काठमाडौं । सरकारले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले भने, ‘यो चर्चित विषय छ । अब कागजको होइन साँच्चिकै नेपाली पानी जहाज कार्यालयको खोल्ने निर्णय भएको छ।’
मन्त्री बाँस्कोटाले संगठन संरचनासहित कार्यालय खोल्ने निर्णय भएको जानकारी दिए । एकजना रजिष्ट्रार रहनेगरी उनको मातहतमा १५ कर्मचारी रहनेगरि व्यवस्था गर्न लागिएको प्रवक्ता बास्कोटाले जानकारी दिए ।
उनले भने, ‘इन्जिनियरिङ सेवामा कार्यरत रजिष्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहनेगरी कार्यालय स्थापना गर्ने निर्णय भएको छ । आशंका गरिएका धेरै कुरालाई यो कुराबाट प्रक्रिया अगाडि बढेको रुपमा बुझ्न चाहन्छु।’