• २०८१ बैशाख १४ शुक्रबार

डा. केसीलाई काठमाडौँ ल्याइयो, शिक्षण अस्पतालको आइसीयूमा उपचार हुदै  

kharibot

काठमाडौँ । डा. गोविन्द केसीलाई काठमाडौँ ल्याइएको छ । १६औं पटक अनसनमा बसेका प्राध्यापक डा.गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो । 

स्वास्थ्य अवस्था गम्भीर भएपछि गएराती उनलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो । 

मुटुको चाल अस्थिर भएकाले जुनसुकै बेला जे पनि हुनसक्ने डाक्टरको चेतावनीपछि उनलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा र भद्रपुरबाट नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको उनका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी दिए ।

१० दिनदेखि अनसनमा रहेका डा. केसीको अवस्था बुझ्न र समर्थन गर्न बिहीबार पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमालगायत इलाम पुगेका थिए । 

साथै सरकारले डा. केसीको स्वास्थ्य अवस्था बुझ्न चिकित्सकको एक टोली समेत इलाम पुगेको थियो । चिकित्सकको टोलीले समेत डा.केसीलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने सुझाव दिएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै