• २०८१ बैशाख १५ शनिबार

राष्ट्र बैंकको पुँजीगत खर्च वृद्धि हुने प्रक्षेपण गरेपनि पहिलो महिनाकै बजेट बचत ७४ अर्ब !

kharibot

फाइल तस्बिर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४÷७५ वर्षमा मुलुकको पुँजीगत खर्च वृद्धि हुने प्रक्षेपण गरिरहेका बेला चालू आवकै पहिलो महिनाको बजेट बचत ७४ अर्ब एक करोड रुपैयाँ पुगेको छ ।

यतिबेला मुलुक संघियताको अभ्यासमा केन्द्रीत रहेको छ, जसको अभ्यासका रुपमा सात सय ४४ स्थानीय सरकार गठन भएका छन् । त्यसलाई पहिलो आधार मान्दै केन्द्रीय बैंकले चालू आर्थिक वर्षमा पुँजीगत बजेट खर्च वृद्धि हुने प्रक्षेपण गरेको छ । अर्काे आधारमा रुपमा केन्द्रीय बैंकले औद्योगिक वातावरण सुधार हुनु, लगानीमैत्री वातावरण बन्नु, जलस्रोतलगायतका पुर्वाधारका कामहरु अघि बढ्नुलाई पनि पुँजीगत खर्च वृद्धिको आधार मानेको छ ।

यस्तै, चालू आर्थिक वर्ष २०७४÷७५ को बजेटले स्थानीय तहलाई प्रत्यक्ष रुपमा खर्च गर्ने गरी सरकारले दुई खर्ब २५ अर्ब वित्तीय हस्तान्तरण गरेको छ । तर, पनि उक्त बजेटलाई कसरी परिचालन गर्ने भन्ने लगायतका विषयमा कानुनी जटिलता पनि देखिदैँ आएको पाइएको छ भने यसका साथै कर्मचारीको व्यवस्थापन पनि हालसम्म सबै स्थानीय तहमा हुन नसक्दा केन्द्रीय बैंकको पुँजीगत बजेट वृद्धि एक कागजी प्रक्षेपण मात्रै हुने हो की भन्ने आशंका अहिले देखिनै देख्न सकिन्छ ।

चालू आर्थिक वर्षको समिक्षा गरेको केन्द्रीय बैंकको तथ्यांकअनुसार बजेट घाटा÷बचत आर्थिक वर्ष २०७४÷७५ को पहिलो महिनामा नगद प्रवाहमा आधारित सरकारको बजेट ७४ अर्ब एक करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ५२ अर्ब चार करोड रुपैयाँ रहेको थियो । बजेट बचत हुनु भनेको रकम खर्च नहुनु हो । पुर्वाधार तथा विकास निर्माणका कामहरुमा नेपाल थप पछि पर्नु हो ।

यता पुँजीगत खर्च वृद्धि हुने प्रक्षेपणको उदाहरणको रुपमा सरकारले विगत दुई वर्ष अघि गएको विनासकारी भूकम्पका बेला पनि पुँजीगत खर्च वृद्धि हुने प्रक्षेपण गर्दै आएको थियो, तर त्यस वर्ष र हालसम्म आउँदा पनि सबै बजेट खर्च भएको अवस्था छैन । स्थानीय तहको निर्वाचन सम्पन्न भएको र स्थानीय तहलाई ठूलो रकम वित्तीय हस्तान्तरण गरिएकाले यसबाट चालु आर्थिक वर्षमा पुँजीगत खर्च वृद्धि हुने अपेक्षा गरिएको हो ।

पछिल्लो समयमा विकसित यो परिस्थितिले आगामी दिनमा देशव्यापी रुपमा आर्थिक गतिविधिहरु चलायमान बन्ने र फराकिलो आधारसहितको समावेशी आर्थिक वृद्धि हासिल हुने अपेक्षा पनि केन्द्रीय बैंकले समिक्षा अवधिमा गरेको छ । वार्षिक रुपमा बजेट वृद्धि हुँदै गए पनि खर्च गर्ने क्षमता वृद्धि नहुँदा र अघि सारिएका विकास तथा पुर्वाधार निर्माणका कामहरु समयमै नहुँदा बजेटको अभाव नभए पनि कामहरु तिब्र रुपमा अघि बढ्न नसके पछि फलस्वरुप वार्षिक रुपमा बजेट बचत हुँदै गएको छ । जुन उत्साहका साथ बजेट तथा योजनाहरु घोषणा गरिएको हुन्छ, सोही रुपमा कार्यक्रमहरु कार्यान्वयनको अवस्था कमजोर हुँदा यस्तो समस्या नेपालले भोग्दै आएको छ ।

उच्च हुँदै चालू खर्च  

केन्द्रीय बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा चालू खर्च १८ अर्ब ४६ करोड रुपैयाँ पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. २ अर्ब ३० करोड मात्र रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च रु. ११ करोड ५३ लाख भएको छ । अघिल्लो वर्ष यस्तो खर्च १० लाख रुपैयाँ भएको थियो । सरकारी खर्च समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च १८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च दुई अर्ब ३१ करोड रुपैयाँ पुगेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै