• २०८१ बैशाख १४ शुक्रबार

दाङमा बस दुर्घटनामा २४ जना घाइते

kharibot

तस्बीर : रासस

तुलसीपुर । दाङको तुलसीपुर–१२ मा भएको बस दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् । 

तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको बस आज दिउँसो दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 

दुर्घटनामा परी गम्भीर घाइते तुलसीपुर–६ का आशा विक र तुलसीपुर–११ कि गीता मल्ललाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । अन्य घाइतेको भने अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा २४ जना सवार रहेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै