• २०८१ बैशाख १४ शुक्रबार

ट्विटर प्रयोगकर्ताका गोप्य सन्देश ५ वर्षसम्म बाहिरिएको खुलासा 

kharibot

काठमाडौं । प्रयोगकर्ताले पठाएका निजी ट्विट सन्देशहरु पाँच वर्षयता ट्विटरको एण्ड्रोइड एपबाट चुहावट भएको खुलासा भएको छ । बीबीसीका अनुसार ट्विटरले भर्खरै पत्ता लगाएको सेक्युरिटी फ्लका कारण एकाउन्टमा प्रयोगकर्ताले गरेका केही परिवर्तनसँगै उक्त निजी सन्देश चुहावट भएको हो । 

सन् २०१४ को नोभेम्बरदेखि २०१९ को जनवरीसम्ममा एकाउन्टको इमेल एड्रेस अपडेट गर्ने जो कोहीको प्राइभेट म्यासेज चुहावट भएको पाइएको हो । ट्विटरले अहिले भने त्यस्ता एकाउन्टलाई सुरक्षित गरेको जनाएको छ ।

कति एकाउन्टका गोप्य सूचना, सन्देश चुहावट भए भन्नेमा ट्विटरलाई नै थाहा नभएको पाइएको छ । साथै ट्विटरले प्रयोगकर्तालाई आफ्नो प्राइभेसी सेटिंग चेक गर्न पनि आग्रह गरेको छ । 

कम्पनीका अनुसार १४ जनवरीमा उक्त कमजोरी समाधान गरिसकेको छ । यद्यपि एप्पल डिभाइस र वेबबाट सिधै ट्विटर चलाउनेको भने त्यस्ता सन्देश सुरक्षित नै रहेको ट्विटरले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै