• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको ५४औं बार्षिकोत्सवको अवसरमा रक्तदान

kharibot

बाँके । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं बार्षिकोत्सवको उपलक्ष्यमा आइतबार रक्तदान गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जको आयोजना र नेपाल रेडक्रस क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा आइतबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेड क्षेत्रिय कार्यालय परिसरमै रक्तदान गरिएको हो । 

सो रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सेवाग्राहि र पत्रकार सहित कुल ५८ जनाले रक्तदान गरेको बैंकका क्षेत्रीय प्रमुख आनन्द सुवेदीले जानकारी दिए ।  
रक्तदान कार्यक्रममा सहभागीलाई बैंकले मायाको चिनो र प्रमाणपत्र प्रदान गरेको थियो । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही माघ १० गते आफ्नो ५४ औं बार्षिकोत्सव मनाउँदैछ । माघ १० गते यस बैकको बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको साथै अन्य सामाजिक कार्यक्रमहरु पनि नेपालगंज लगाएत हरेक जिल्लाका अन्य शाखाहरुमा समेत गरिने क्षेत्रीय प्रमुख सुवेदीले बताए । 

नेपालगन्जको कारकाँदोमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड क्षेत्रीय कार्यालयले मध्य र सुदुरपश्चिम क्षेत्रका २५ वटा जिल्लालाई हेर्दै आएको छ । 
  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै