• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको तीन शाखा थपिए 

kharibot

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकल थप तीन वटा शाखाको शुुभारम्म गरेको छ । बैंकले काठमाडौैको बौद्ध,  जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा न. ४ गौरीखाली स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय जाजरकोट र रुकुम पूर्व जिल्लाको सिस्ने गांउपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय रुकुमकोटको कारोबार शुभारम्भ गरेको हो । यि सबैगरी बैंकको शाखा कार्यालयहरुको संख्या दुुई सय १५ पुगेको छ । 

ग्राहकमैत्री सेवा र ब्यवहारलाई प्राथमिकतामा राख्दै आकर्षक भौतिक पूर्वाधार, चुस्त तथा सहज सेवा र आधुनिक इलेक्ट्रोनिक उपकरणहरुको अधिकतम प्रयोग गर्ने गरी पहिलो चरणमा बैंकका तीनवटा शाखा कार्यालय नक्साल, पुल्चोक र हेटौंडालाई स्मार्ट ब्रान्चको रुपमा बैंकको ५४ औं वार्षिकोत्सव   (माघ १० गते) को अवसरमा शुभारम्भ गरिने भएको छ ।

स्मार्ट ब्रान्चबाट शाखा अख्तियारी भित्रका ३० लाख रुपैंया सम्मका ब्यवसाय कर्जा, २५ लाख रुपैंया सम्मको घर कर्जा, २० लाख रुपैंया सम्मको गाडी कर्जाहरु सबै कागजात प्राप्त भएको सात कार्यदिन भित्र लगानी गरिने छ । 

राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुलाई चरणगत रुपमा स्मार्ट ब्रान्चको रुपमा विकास गर्दै लैजाने छ । बैंकले गत पुसमसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय÷सम्पर्क कार्यालय स्थापना गरिसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै