• २०८१ बैशाख १५ शनिबार

उपत्यकासहित विभिन्न ठाउमा वर्षा, चिसो बढ्यो 

kharibot

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशमा धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले पूर्वका थोरै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज काठमाडौँसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ । पश्चिममा पनि मौसम खुल्ने संभावना छैन । बुधबार रातिदेखि यो प्रणाली कमजोर भएपछि बिहीबार देशभरी कै मौसम सुधार हुनेछ ।

महाशाखाले बुधबार देशभर सामान्यदेखि पूर्ण बदलि हुने र पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जानकारी दिएको छ । साथै देशको हिमाली भेगका केहि स्थानहरुमा हिमपातको पनि संभावना देखिएको जानकारी दिएको छ ।

महाशाखाले बदली हुने र वर्षाको क्रम शुक्रबारसम्म नै जारी रहने जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै