• २०८१ बैशाख १५ शनिबार

सडकदेखि संसदसम्म अधिनायकवादको गन्ध आयो : तरुण दल 

kharibot

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सडकदेखि सदनसम्म अधिनायकवादको गन्ध आएको भन्दै सरकारको विरोध गरेका छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शाहीले सभामुख कृष्णबहादुर महराको कार्यशैलीको विरोध गरेका हुन् । संसदमा प्रतिपक्षलाई लत्याएर सभामुखले स्वविवेकले निर्णय गर्न खोज्नु अधिनायकवाद आइसेकेको उनको दाबी छ । सडकसम्म अधिनायकवादको गन्ध आइरहेकाले यसको अन्त्यका लागि तरुण दलको लडाइ भएको उनले जिकिर गरे । 

उनले डा. गोविन्द केसीको अनशनलाई बेवास्ता गर्दै शिक्षा विधेयक जबर्जस्ती सदनमा पास गर्न खोज्नु सरकारको नियत नै ठीक नभएको उनको दाबी छ । महासचिव शाहीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनतालाई विकास र समद्धि दिनुको सट््टा मुलुकमा भ्रष्टाचार, मूल्यवृद्धि, हत्या हिंसाका घटना बढिरहेकाले यो सरकारप्रति जनताले के अपेक्षा गर्ने भनी प्रश्न गरे ।

निर्मला पन्तका हत्यारालाई यति लामो समयसम्म पनि पक्राउ गर्न नसक्नुले सरकारका मान्छेहरु नै शंकाको दायरामा रहेको बताए । वाइडबडीमा भएको भ्रष्टचार लगायतका यावत समस्याहरुले पनि सरकार असफल भईसकेको दावी शाहीले गरे । हजारौँ कार्यकर्ताले गरेको प्रर्दशनमा तरुण अहिले तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले आफ्नो धारणा राखिएरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय