• २०८१ बैशाख १५ शनिबार

मुक्तिनाथ विकास बैंकको शाखा कुपण्डोलमा

kharibot

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ललितपुरको कुपण्डोलमा बिहीबार आफ्नो नयाँ शाखा उद्घाटन गरी औपचारिक बैंकिङ सेवा सुरु गरेको छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । प्रमुख अतिथि मेयर महर्जनले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिएका थिए । मेयर महर्जनले बैंकले आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बन्ने शुभकामना दिएका थिए । 
कार्यक्रममा सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले स्वागत र यस विकास बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), फ्रेण्डस क्लबका अध्यक्ष राजीव राज पौडेलले बैंकको सफलताको शुभकामना मन्तव्य राखे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए । उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

बैंकको हालसम्म काठमाण्डौ उपत्यकाभित्र कुपण्डोललगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटी, ठमेल र भक्तपुरको कमलविनायक गरी १४ शाखाहरु संचालनमा आइसकेका छन् भने इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय