• २०८१ बैशाख १४ शुक्रबार

पाकिस्तानी कप्तान सरफराज अहमदलाई ४ खेलको प्रतिबन्ध 

kharibot

काठमाडौँ । पाकिस्तान क्रिकेट टिमका कप्तान सरफराज अहमदलाई चार खेलको प्रतिबन्ध लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को एन्टी रेसिजम कोड अनुसार सरफराज अहमदलाई आइसीसीले प्रतिबन्ध लगाएको हो ।

गत मंगलबार दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय खेलका क्रममा विकेटकिपर समेत रहेका सरफराजले दक्षिण अफ्रिकी अलराउन्डर एन्डीले फेहलुकवायोलाई क्रिकेट कोड अफ कण्डक्ट भन्दा बाहिर गएर कमेन्ट गरेका थिए ।

सरफराजले एन्डीलेलाई ‘काले’ भनेर भनेको स्टम्प माइकमा रेकर्ड भएपछि सो प्रकरण बाहिर आएको थियो । एन्डीलेले सो खेलमा उत्कृष्ट ब्याटिंग गर्दै दक्षिण अफ्रीकालाई जिताएका थिए । उनले सो खेलमा ६९ रन अविजित बनाएका थिए ।

आइसीसीले आर्टिकल ७.३ अन्तर्गतको एन्टी रेसिजम कोड अनुसार सरफराजलाई यस किसिमको कमेन्ट बारे ट्रेनिंग समेत दिने जनाएको छ । पाकिस्तानी क्रिकेट बोर्डको सहकार्यमा उनलाई यस्तो प्रशिक्षण दिइने आइसीसीएल जनाएको छ ।

सरफराजको अनुपस्थितिमा पाकिस्तानी टिमको कप्तानी शोएब मल्लिकले गर्ने भएका छन् । आज जारी खेलसहित दक्षिण अफ्रीकाविरुद्धको अर्को खेल समेत सरफराजले गुमाएका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै