• २०८१ बैशाख १४ शुक्रबार

देवघाटमा विराट ज्ञानमहायज्ञ माघ २२ देखि

kharibot

चितवन । पवित्र तीर्थस्थल देवघाटमा विराट ज्ञानमहायज्ञ हुने भएको छ । महेश सन्यास आश्रमको आयोजनामा यही माघ २२ देखि फागुन १ गतेसम्म महायज्ञ गर्न लागिएको हो ।

महेश सन्यास आश्रम तथा महेश गुरुकुलको रजत वर्ष एवं डा स्वामी रामानन्द गिरीजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा १०८ श्रीमद्धागवत पाठपारायणका गरिने छ । चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्षहवन गरिने सञ्चार समन्वय एवं प्रचारप्रसार समितिका संयोजक टङ्कनाथ पौडेलले जानकारी दिए ।

महायज्ञका लागि १००८ स्वामी रमणानन्द गिरीजी महाराजको अध्यक्षतामा एक हजार आठ सदस्यीय आयोजक मूल समारोह समितिसमेत गठन गरिएको छ । यस्तै ६० जिल्लामा उपसमिति गठन गरिएको छ । महायज्ञका लागि १०८ कर्तासमेत तयार भइसकेको छ । वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण र संस्कृत शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले २०५० सालमा स्थापित सो गुरुकुलमा आयोजना गर्न लागिएको महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

करीब रु दुई करोडमा आयोजना गर्न लागिएको सो महायज्ञबाट रु १० करोड बचत हुने अनुमान गरिएको छ । विराट महायज्ञमा प्रमुख कथावाचकको रुपमा आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरि छन् । अन्य कथावाचकमा सो आश्रमबाट अध्ययन गरेर गएका र अध्ययन गर्दै गरेका विद्यार्थी रहनेछन् । गुरुकुलले २०६५ सालमा पहिलो पटक बिराट ज्ञान महायज्ञको आयोजना गरेको थियो । महायज्ञ सम्पन्न गर्नका लागि आयोजकले दुई हजार भक्तजनलाई आवासको व्यवस्था गरेको छ ।

“अहिले महायज्ञको दोस्रो संस्करण हो,” मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले भने । आश्रम सञ्चालनका लागि अहिले मासिक रु छ लाख खर्च हुँदै आएको छ । विश्वविद्यालयले पठनपाठनका लागि अनुमति दिएको भए पनि शिक्षक दरबन्दी र भौतिक संरचना सहयोग नगर्दा दानबाट आश्रम सञ्चालन गर्नुपरेको उनले बताए । गुरुकुलमा कक्षा ६ देखि आचार्यसम्म तीन सय विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै