• २०८१ बैशाख १४ शुक्रबार

स्मार्ट टेलिकममा अब इजिलोन 

kharibot

काठमाडौं । स्मार्ट टेलिकम कम्पनीले हालै इजिलोन अफर प्रस्तुत गरेको छ । यससँगै स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स रु.१ वा सोभन्दा कमभएको अवस्थामा *१२९*१०# डायल गरी रु. १० को व्यालेन्स प्राप्त गर्न सकिने भएको छ । रु. १ वा सोभन्दाकम भएको खण्डमा सहजै लोन प्राप्त गरी आफ्नो कुराकानीलाई निरन्तरता दिन सकिने छ । 

यसरी प्राप्त भएको व्यालेन्स प्रयोग गरी स्मार्टले प्रदान गरेका सेवाहरु प्रयोग गर्न सकिने छ । ग्राहकले फोन गर्न, एस एम एस पठाउन, मोबाइल डाटाको प्रयोग गरी इन्टरनेट चलाउन सकिने छ । लोन लिइएको रकम र सेवाशुल्क भने अर्को पटकको रिचार्जमा कट्टा गरिने छ । ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कलहरु सुचारु हुने छन् तर पुनः लोन लिन भने सकिने छैन । यो सेवा लिन स्मार्टको सिमकार्ड ६ महिना प्रयोग गरिएको हुनुपर्ने छ । 

यसै गरी स्मार्टका ग्राहकहरुले नेट टिभि डाउनलोड गरी लग इन्  मा आफ्नो मोबाइल नम्बरलाई  प्रयोग गरी न्यूनतम शूल्कमा नेटटिभिमा उपलब्ध हुने प्रिमियम च्यानलहरु हेर्न सकिने सुविधा पनि प्रस्तुत गरेको छ । यस अन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताको लागि रु. २९, १४ दिनको लागि रु ५२ तथा एक महिना(३० दिन) को लागि रु ८७ तिरी नेटटिभिको सुविधा प्राप्त गर्न सक्नुहुने छ ।

स्मार्टकोबारेमा

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट सेलको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचनातथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पुर्याएने यसको लक्ष्य रहेको छ । 

स्मार्ट सेल १ जुलाई २००८ मा स्थापनाभई नेपालकादुर्गम क्षेत्रहरुमा सेवाप्रदानगर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको छ । दक्षएवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्टसेल हाल नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ । 

स्मार्ट टेलिकमले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोर जि सेवा काठमाडौँ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै